arrow
ADVERTISEMENT

कांग्रेस काठमाडौंका निर्वाचन क्षेत्रमा नेतृत्व चयन, आठ वटामा निर्विरोध, कहाँ को ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ४ शनिबार
congress-14th-general-convention.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भइरहेको क्षेत्रीय अधिवेशन अन्तर्गत काठमाडौंका निर्वाचन क्षेत्रहरुमा अधिवेशन सम्पन्न भएको छ । नेतृत्वसमेत चयन भएको छ । 

नेपाली कांग्रेस काठमाडौँको २० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ८ प्रदेशसभा निर्वाचन क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको छ । काठमाडौँका १० निर्वाचन क्षेत्रको प्रदेशसभा  ‘क’ र ‘ख’ गरी २० प्रदेशसभा निर्वाचन क्षेत्रमा शुक्रबार भएको अधिवेशनमा ८ प्रदेशसभा निर्वाचन क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको हो । 

कांग्रेस काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौँ क्षेत्र नं ४ प्रदेश  ‘ख’, काठमाडौँ क्षेत्र नं ५ प्रदेश  ‘क’, काठमाडौँ क्षेत्र नं ६ प्रदेश  ‘क’, काठमाडौँ क्षेत्र नं ७ प्रदेश  ‘क’, काठमाडौँ क्षेत्र नं ८ प्रदेश  ‘क’ र काठमाडौँ क्षेत्र नं ९ प्रदेश  ‘ख’ मा निर्विरोध नेतृत्व चयन भएको जानकारी दिए ।

क्षेत्र नं १० ‘ख’ मा पनि सर्वसम्मत चयन भएको छ । धर्मानन्द श्रेष्ठको प्यानलले सर्वसम्मत जितेको हो । त्यस्तै काठमाडौं क्षेत्र नं १० प्रदेश ‘क’मा शैलेश मानन्धरको प्यानललाई सर्वसम्मत चयन गरेको छ । 

निर्विरोध भएसँगै काठमाडौँ क्षेत्र नं ४ प्रदेश ‘ख’ मा रामप्रसाद लुईँटेल, काठमाडौँ क्षेत्र नं ५ प्रदेश ‘क’ मा रमेश डङ्गोल, काठमाडौँ क्षेत्र नं ६ प्रदेश ‘क’ मा ख्यामराज तिवारी, काठमाडौँ क्षेत्र नं ७ प्रदेश ‘क’ मा नविन मानन्धर, काठमाडौँ क्षेत्र नं ८ प्रदेश ‘क’ मा इन्द्रमानसिंह सुवाल र काठमाडौँ क्षेत्र नं ९ प्रदेश ‘ख’ मा राजेन्द्रप्रसाद भट्टराई सभापति बनेका छन् ।

बीस वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा शुक्रबार अधिवेशन प्रक्रिया अगाडि बढे पनि काठमाडौँ निर्वाचन क्षेत्र नं १ को प्रदेश  ‘क’ र ‘ख’ मा शनिबार आज निर्वाचन हुँदैछ । 

९ ‘ख’ मा राजेन्द्रप्रसाद भट्टराईको प्यानल नै निर्वाचित भएको हो । उपसभापतिमा रामबहादुर सिंह ठकुरी र रमेशप्रसाद गौतम, सचिवमा माधवप्रसाद भुषाल र देवेन्द्रराज गिरी सहसचिवमा माधवप्रसाद खतिवडा र दिलीप रिसाल निर्वाचित भएका छन् । 

काठमाडौँमा यही मंसिर ६ गते क्षेत्रीय अधिवेशन र १० गते जिल्ला अधिवेशन हुँदैछ । कांग्रेसले आगामी मंसिर १६ र १७ गते प्रदेश अधिवेशन तथा मंसिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ