arrow

पोखरामा काँग्रेस नेता लामिछानेको घरमा आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ५ आइतबार
Aaglagi.jpg

पोखरा । नेपाली काँग्रेसका नेता राजेन्द्रमणि लामिछानेको घरमा आगलागी भएको छ । 

आज दिउसो करिब ३ बजेतिर उनको घरको दोस्रो तल्लामा आगलागी भएको इलाका प्रहरी कार्यालय डाँडाकोनाकले जनाएको छ । 

पोखरा महानगरपालिका वडा नं. २७ लेखनाथको अर्घौंचोकस्थित घरको दोस्रो तलामा रहेको बैठक कक्षमा विद्युत् सर्ट भएर आगलागी भएको र स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिए । 

आगलागीबाट घरको कोठामा रहेको सामान सबै जलेर नष्ट भएको बताइएको छ । आगलागीबाट भएको क्षतिको विवरण आइनसकेको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ