arrow

पोखराको फेवाताल किनारमा भीषण आगलागी, करोडौंका धनमाल जलेर नष्ट

logo
हरि पन्त, 
प्रकाशित २०७८ मंसिर ६ सोमबार
Aagalgi lakesideee.jpg

पोखरा। पोखरामा गएराति भीषण आगलागी भएको छ। राति करिब ४ बजे आगलागी भएको हो। पोखरा महानगरपालिका वडा नं. ६ स्थित फेवाताल किनारमा आगालागी भएको कास्की प्रहरीले जनाएको छ। आगलागीबाट लेकसाइडको फुटपाथ क्षेत्रमा रहेका १० वटा रेष्टुरेन्ट तथा पसलहरू जलेर नष्ट भएको कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।

उनका अनुसार आगलागीको कारण खुल्न सकेको छैन। आगलागीबाट मानवीय क्षति नभए पनि ठूलो धन सम्पति जलेर नष्ट भएको छ। आगलागीका कारण सो क्षेत्रमा हालसालै मात्र सञ्चालनमा आएको ओल्ड ग्रयाभिटीमा ठूलो क्षति पुगेको छ। ग्रयाभिटीमा मात्र ६० लाख भन्दा बढीको नोक्सानी भएको अनुमान गरिएको छ।

अन्य पसल र टहराहरूमा समेत गरेर दुई करोडको हाराहारीमा नोक्सानी भएको हुन सक्ने प्रहरीको आँकलन छ। आगलागी भएसँगै उक्त स्थानमा रहेका ग्यासका सिलिन्डरहरु पड्किएपछि आगो अन्यत्र पनि फैलिएको थियो।

करिब ३ घण्टाको प्रयसामा आगो नियन्त्रणमा आएपछि क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको डिएसपी तिवारीले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ