arrow

पोखरा लेडी जेसिजको अध्यक्षमा लक्ष्मी अधिकारी विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
Laxmi Adhikari.jpg

पोखरा। पोखरा लेडी जेसिजको अध्यक्षमा लक्ष्मी अधिकारी विजयी भएकी छन्। प्रतिस्पर्धी गायत्री फूँयाललाई दोब्बर मत अन्तरले पराजित गर्दै अधिकारी अध्यक्षमा विजयी भएकी हुन्। अधिकारीले ६९ र फूँयालले ३४ मत प्राप्त गरे।

संस्थाको कार्यकारिणी उपाध्यक्षमा सरस्वती क्षेत्री थापा (सरु), सचिवमा प्रमिला सुवेदी, कानूनी सलाहकारमा लक्ष्मी (लता) थापा कुँवर, कोषाध्यक्षमा सुमित्रा कोईराला चयन भएका छन्।

यस्तै, वृद्वि सभापतिमा सम्झना बस्नेत, उपाध्यक्षमा सम्झना थापा, शिलु चालिसे, संगीता अधिकारी, सुनिता गौतम भण्डारी, निर्देशकमा शकुन पौडेल, दीपा तिवारी रेग्मी, रचना अधिकारी, सिर्जना (ईशा) आले चयन भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ