- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखराको लेखनाथमा हुने लेखनाथ महोत्सवको तयारी शुरु भएको छ । लेखनाथ उद्योग वाणिज्य संघद्धारा आयोजित १७औं लेखनाथ महोत्सव माघ १३ गतेबाट २४ गतेसम्म हुनेछ ।
संघको आइतबार बसेको बैठकले महोत्सव माघ १३ गतेबाट २४ गतेसम्म गर्ने निर्णय गरेको अध्यक्ष क्षत्रधर आत्रेयले जानकारी दिए । उनका अनुसार महोत्सव सम्पन्न गर्न अध्यक्ष आत्रेयकै अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ ।
कोरोना कहरका कारण गतवर्ष महोत्सज आयोजना गरिएको थिएन । समग्र गण्डकी प्रदेशको आर्थिक, समाजिक, कृषि र पर्यटनको विकासमा टेवा पुर्याउने लक्ष्यसहित महोत्सव आयोजना गरिएको उनले बताए ।
कोरोना महामारीका कारण प्रभावित स्थानीय व्यवसायीको पुनरुत्थानमा महोत्सवले महत्वपूर्ण र सकारात्मक भूमिका खेल्ने अध्यक्ष आत्रेयले विश्वास व्यक्त गरे ।
उनका अनुसार महोत्सवमा स्थानीय उत्पादन, कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, हस्तकला, मेशिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी, खानालगायतको प्रदर्शनी गरिनेछ ।
यस्तै, ख्यातिप्राप्त कलाकारहरुको दोहोरी, पप कन्सर्ट, हाँस्य प्रहशन पनि महोत्सवमा रहनेछ । महोत्सवमा बल उद्यान, खाना महोत्सव र सुन्तला प्रदर्शनी विशेष आकर्षणको रुपमा रहने अध्यक्ष आत्रेयले जानकारी दिए । महोत्सव स्थल भने पछि तय हुने उनले बताए ।