arrow

विश्वासको मत लिन मुख्यमन्त्री शाहीद्वारा प्रस्ताव पेश

logo
जनक बहादुर शाही,
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
jiban-bahadur-shai-karnali-mp-nc.jpg

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठकमा प्रस्ताव पेश गरेका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिई सक्नुपर्ने संवैधानिक व्यवस्था बमोजिम मुख्यमन्त्री शाहीले आज प्रस्ताव पेश गरेका हुन् ।

आजै विश्वासको मत लिने भनिएको भए पनि चितवनमा महाधिवेशन भएका कारण प्रमुख प्रतिपक्ष दल एमाले उपस्थित नभएकोले मुख्यमन्त्री शाहीले विश्वासको मत बुधवारको बैठकमा लिने प्रदेश सभा सचिवालयले जनाएको छ । प्रस्ताव पेश भएसँगै प्रदेश सभा बैठक बुधवार १ बजेसम्मका लागि स्थगन भएको छ ।

मुख्यमन्त्री शाही नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी) तिन दलीय गठबन्धनको समर्थनमा कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ