arrow

लागूऔषधसहित पोखराका जोनी र तनहूँका पूर्ण छोरेपाटनबाट पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १६ बिहिबार
Pakrau.jpg
तस्वीरः जिल्ला प्रहरी कार्यालय

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरु दुवै बुधबार पोखराको छोरेपाटनबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पोखरा १५ का २८ वर्षीय जोनी गुरुङ र तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं.१६ ढोरबाराही का २६ वर्षका पूर्णबहादुर गुरुङ रहेका छन् । 

उनीहरुको साथबाट लागूऔषध डाईजापाम-९६ एम्पुल, नुर्फिन-९७ एम्पुल, फेनारगन-९६ एम्पुल गरी जम्मा २८९ एम्पुल र तीन थान मोवाइल बरामद गरिएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । 

उनीहरुलाई अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा १० म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी तिवारीले जानकारी दिए । 



नयाँ