- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत आज प्रदेशको अधिवेशनमा निर्वाचन हुँदैछ । गत बिहीबारदेखि जारी अधिवेशनमा आज मतदान हुन लागेको हो । आज ६ प्रदेशमा नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ ।
मुलुक संघीयतामा गएपछि पहिलो पटक कांग्रेसले चुनावमार्फत नेतृत्व चयन गर्न लागेको हो । कांग्रेसको महाधिवेशन भने काठमाडौंमा यही मंसिर २४ देखि २७ गतेसम्म हुँदैछ ।
आज एकैदिन ६ प्रदेशको मतदान हुँदै गर्दा प्रदेश २ मा भने भोलिमात्र मतदान हुने भएको छ । यसपालिको निर्वाचनमा विशेषगरी संस्थापन र इतर पक्षबीच भिडन्त भइरहेको छ । कुनै क्षेत्रमा संस्थापन र कुनै क्षेत्रमा इतर पक्षबीच निकै कडा टक्कर देखिने समीकरण बनिरहेको छ ।
केही प्रदेशमा भने कांग्रेसभित्रको तीन धार संस्थापन (शेरबहादुर देउवा), इतर (रामचन्द्र पौडेलसहितको पक्ष) र तेस्रो धार कृष्णप्रसाद सिटौला पक्षबीच भिडन्त हुँदैछ । कुनैमा भने तीन पक्षमध्ये दुई पक्ष मिलेर अर्को पक्षसँग प्रतिस्पर्धा गरिरहेको पनि पाइएको छ ।
यसको पूर्ण विवरण जान्नका लागि यी लिंकहरु पढ्नु होस्–
कांग्रेस प्रदेश १ मा नेतृत्वका लागि गुरु र उद्धवबीच भिडन्त, नौ पदाधिकारीका लागि २० को उम्मेदवारी