arrow

रविन्द्र मिश्रको विवेकशीलसँग मिसिए फोरम र दरबार पार्टी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १८ शनिबार
bibaksel0.jpg

काठमाडौं । विवेकशील साझा पार्टीसँग अन्य दुई पार्टीले एकता गरेका छन् । सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीले शनिबार विवेकशीलसँग एकता गरेका हुन् ।

विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र, सिटिजन्स डिसकशन फोरमका संयोजक कर्णबहादुर शाही र राष्ट्रिय जनता दरबार पार्टीका अध्यक्ष एसपी साह सारथीले एकता पत्रमा हस्ताक्षर गर्दै घोषणा पत्र पनि सार्वजनिक गरेका छन् ।

एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुने साथै लोगो र चुनाव चिन्ह ‘तराजु’ हुने एकता पत्रमा उल्लेख छ । मिश्र नै अध्यक्ष रहने पार्टीको कार्यालय बखुल्डोल ललितपुरमा राखिने भएको छ ।

एकीकृत पार्टीको केन्द्रीय समितिमा फोरम र दरबार पार्टीका कूल ४५ जना नयाँ सदस्यहरू सामेल गराइने छ । पार्टीले आगामी दिनमा देशव्यापी आन्दोलन, संगठन निर्माण र महाधिवेशन गर्ने जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ