arrow

साधुसन्तको भेषमा दुई जना शङ्कास्पद व्यक्ति पक्राउ, परिचय भेटियो मुस्लिमको

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १९ आइतबार
parsa.png
फाइल तस्बिर

वीरगन्ज। वीरगन्जको नगवा बाट साधुसन्तकाे भेषमा रहेका दुई जना शङ्कास्पद व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। वीरगन्ज १६ नगवाको बाबा होटेल पछाडि रहेको गल्लीबाट साधुको भेषमा रहेका दुई जना अज्ञात व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका हुन्।

स्थानीय अङ्कित श्रीवास्तवको घरमा भिख माग्न पुगेका गेरुवा कलरको वस्त्र धारण गरी साधुको भेषमा रहेका र पहिचान समेत नखुलाएपछि उनीहरूमाथि शङ्का लागेर नियन्त्रणमा लिई स्थानीयहरूले नजिकै रहेको इलाका प्रहरी कार्यालय नगवाको जिम्मा लगाएका हुन्।

पक्राउ परेको दुवै जनाले आफ्नो सही पहिचान र धर्म लुकाएर हिन्दुको नाममा भिख मागेर साधु सन्तको बदनाम गर्न खोजेको भन्दै आक्रोशित स्थानीयले उनीहरूलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका हुन्। पक्राउ परेका मध्ये एक जनाले आफ्नो नाम दिलीप र बुवाको नाम सलिम बताएपछि उनीहरूलाई शङ्का लागेको थियो।

पछि दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ र पहिचान पत्र मागेपछि उनीहरूको साथमा कुनै पहिचान पत्र नरहेको र बाल्यकालको फोटो अङ्कित एउटा आधार कार्ड भेटिए पनि त्यसमा उनको नाम दिलीप लेखिएको थियो भने, बुवाको नाम सलिम लेखिएको पाइएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका दुवैले आफ्नो घर ठेगाना गलत बताएका थिए । कहिले दिल्ली त कहिले पन्जाब घर भन्दै गलत ठेगाना र थरी थरीका नाम परिवर्तन गर्न थालेपछि उनीहरूमाथि शङ्का बढेको हो । आफूलाई जोगी बताए पनि कुनै पनि हिन्दु देवी देवताको नाम समेत बताउन उनीहरूले सकेका थिएनन्।

स्थानीयहरूका अनुसार उनीहरूले आफूलाई हिन्दु बताए पनि हिन्दु धर्मावलम्बीको एउटा गुण समेत उनीहरूमा देखिएन । गेरुवा कलरको वस्त धारण गरी साधुको भेषमा, घाँटीका भगवान् शिवको फोटो, हातमा त्रिशूल, कानमा कुण्डल, टाउकोमा गेरुवा कलरकै पगरी लगाएको हेर्दा हिन्दु सन्त साधु जस्तो देखिने तर हिन्दुको एउटा समेत गुण नभेटिएपछि इलाका प्रहरी कार्यालयलाई शङ्का लागेर थप अनुसन्धान तथा कारबाहीको लागि वडा प्रहरी कार्यालयको जिम्मा लगाएको स्थानीयहरूको भनाइ छ।

पक्राउ परेका उनीहरूको ३०/३५ जनाको समूहमा रहेको बताइएको छ। करिब ६ महिना पहिले अवैध रूपमा नेपाल प्रवेश गरेका यिनीहरू अस्थायी रूपमा बाराको जितपुरस्थित लालकापुल नजिकै डेरा जमाएर बसेका छन्।

साधु सन्तको भेषमा रहेको गैर हिन्दुहरूले गेरुवा कलरको वस्त लगाई सान्धुसन्तलाई बदनाम गरी नेपालमा विभिन्न अपराधी गतिविधि घटना घटाई भाग्न सक्ने आशङ्कामा स्थानीयहरू चिन्तित देखिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ