arrow

बलियो बन्दै देउवा, गोपालमानको पनि साथ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २५ शनिबार
gopalman-new-FNL.JPG.jpeg
तस्बिर– फाइल

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट पनि शेरबहादुर देउवा सभापति बन्ने लगभग निश्चित जस्तै भएको छ । संस्थापन इतर पक्ष एकढिक्का हुन नसकेको अवस्थामा देउवाले पहिलो चरणमै सभापति जित्ने दाबी यसअघि नै ईआईसीटी नेपालको सर्वेक्षणले गरेको थियो । 

इतर पक्ष अझै एकजुट भएर अगाडि बढ्न नसकेका बेलामा देउवालाई भने साथ दिने हात बढ्दै गएका छन् । हिजोमात्रै तेस्रो धारको नेतृत्व गर्दै हिँडेको कृष्णप्रसाद सिटौला पक्षले देउवा साथ दिइसकेको छ ।

त्यसैगरी आजमात्रै आफू पनि सभापतिको आकांक्षी बताउँदै आएका नेता गोपालमान श्रेष्ठले देउवालाई साथ दिने बताउका छन् । उनी देउवाका विश्वासपात्र मानिन्छन् । 

देउवा खेमाबाट उपसभापति विमलेन्द्र निधि सभापतिमा अघि सर्दा श्रेष्ठले दाबेदारी प्रस्तुत गरिरहेका थिए । तर निधि देउवा खेमाबाट आउट भएपछि श्रेष्ठले देउवालाई नै साथ दिएका हुन् ।

कांग्रेस महाधिवेशनमा नयाँ नेतृत्वका लागि अहिले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका छ । निर्वाचन भने सोमबार हुनेछ ।

केसी संस्थापन इतर टिम मिलाउन प्रयासरत, मिल्ने हकमा केन्द्रीय सदस्यमा उम्मेदवारी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ