arrow

निजामती कर्मचारी सगंठन रुपा गापामा जोशी, मादीमा ढकाल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
Rupa.jpg

पोखरा । नेपाल निजामती कर्मचारी सगंठनको रुपा गाउँपालिकास्तरीय कर्मचारी भेला तथा प्रथम गाउँ इकाइ अधिवेशन आयोजना गर्यो ।

अधिवेशनले आनन्दलाल जोशीलाई अध्यक्षमा चयन गरेको छ । 

इकाइ उपाध्यक्षमा रुद्रबहादुर थापा, सचिव अशोक परियार र कोषाध्यक्ष सरिता सुवेदी रहेका छन् ।

कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सदस्य सवाबक्स मियाँ, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, संगठन कास्की अध्यक्ष खनाल लगायतले बोलेका थिए ।

यता, संगठनको मादी गाउँपालिका प्रथम गाउँ इकाइ अधिवेशनले हेमन्त ढकाललाई अध्यक्षमा चयन गरेको छ ।

समितिको उपाध्यक्ष पूर्णिमा गुरुङ, सचिव सञ्जय बराल, सहसचिव सतिश लामिछाने र कोषाध्यक्ष मिलन गुरुङ छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ