arrow

प्रचण्ड बालुवाटारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २ शुक्रबार
Deuba-prachanda.jpg1.jpeg
तस्बिर– फाइल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । प्रधानमन्त्री तथा नवनिर्वाचित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटर पुगेका हुन् । 

देउवा भेट्न शुक्रबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रचण्ड पुगेका हुन् । उनले सभापतिमा निर्वाचित भएको देउवालाई बधाई तथा शुभकामना दिएका छन् । साथै वर्तमान राजनीतिक परिस्थितिसहित गठबन्धनको आगामी रणनीतिबारे पनि उनीहरूबीच छलफल भएको छ । 

संसदमा देखिएको राजनीतिक गतिरोध अन्त्यका विषयमा पनि प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल भएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ