arrow

राजदूत हुन परराष्ट्रका एक दर्जन बढी सहसचिवको अस्वस्थ्य प्रतिस्पर्धा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३ शनिबार
Pararastra-Mantralaya.jpeg

काठमाडौं । अहिले विभिन्न २० देशमा राजदूत खाली छ । तीमध्ये ५० प्रतिशत नियुक्ति परराष्ट्र सेवाबाट गर्नु पर्ने व्यवस्था राजदूत नियुक्ति सम्बन्धी कार्यविधिमा गरिएको छ । यसबाट परराष्ट्र सेवाका १० जना सहसचिवले अवसर पाउने सम्भावना छ । यसको लागि परराष्ट्रका एक दर्जन बढी सहसचिवहरु दौडधुपमा लागेका छन् । 
संगठन तथा व्यवस्थापन सर्वे (ओएनएम) अनुसार रिक्त सबै ठाउँमा पद पूरा गर्दा   परराष्ट्रमा ३३ जना सहसचिव आवश्यक पर्छ । यसमध्ये १६ जना सहसचिवलाई विभिन्न देशमा राजदूत पठाउन सकिन्छ । बाँकी १७ जना सहसचिवहरुलाई परराष्ट्र मन्त्रालयका विभिन्न विभाग, महाशाखा, तथा परराष्ट्र मातहतका निकायमा पठाउने गरिएको छ ।  एक जना सहसचिव राष्ट्रपति कार्यालयमा पठाउने व्यवस्था ओएनएममा गरिएको छ ।  नेपालले अहिले विभिन्न ३३ देशमा ३३ जना राजदूत पठाउने गर्छ । 

सरकारले केही दिनअघि मात्र तीन देशमा राजदूत सिफारिस गरेको छ । डा शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्यलाई इङ्गल्याण्ड र श्रीधर खत्रीलाई अमेरिकाको राजदूतमा सरकारले नियुक्त गरेको छ । यी तीन देशमा राजदूत नियुक्त गर्नुअघि २३ ठाउँमा राजदूत खाली थियो । अब २० देशमा खाली छ । 

केपी शर्मा ओली नेतृत्वको पूर्व सरकारका पालामा नियुक्त गरिएका भारतका लागि निलाम्वर आचार्य, इङ्गल्याण्डका लागि लोकदर्शन रेग्मी र अमेरिकाका लागि युवराज खतिवडालाई शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले फिर्ता बोलाएको छ ।

ब्रसेल्स, न्यूयोर्क, जेनेभा, पेरिस, बैंकक, अबुधावी, ओटवा, बर्लिन, कुवेत सिटी लगायतका देशमा नेपाली दूतावास स्थापना गरिएका छन् । राजदूत खाली भएका देशमा राजदूत भइ जान सुशील लम्साल, धनबहादुर ओली,  कृष्णचन्द्र अर्याल, निर्मलराज काफ्ले, भरतकुमार रेग्मी, हरिश्चन्द्र घिमिरे, डोरनाथ अर्याल, तीर्थराज वाग्ले, तेजबहादुर क्षेत्री, घनश्याम भण्डारी, दुर्गाबहादुर सुवेदी, लोकबहादुर थापा, प्रकाश सुवेदी, सुधीरकुमार भट्टराई लगायतका सहसचिव  दौडधुपमा लागेका छन् । 

यीमध्ये तेजबहादुर क्षेत्रीले प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री हुँदा उनका निजी सचिव भइ काम गरेका थिए । केही महिना पहिले उनी उपसचिवबाट सहसचिवमा बढुवा भएका थिए । तर अहिले उनले आफ्नो परिचय दिँदा ज्ञवालीको निजी सचिव भएको विषयलाई सकेसम्म लुकाउने गर्छन् । स्रोत भन्छ –ओली सरकार नढलेको भए क्षेत्री अहिलेसम्म आकर्षक देशमा राजदूत भइसक्थे ।
 
क्षेत्री, कृष्णचन्द्र अर्याल र घनश्याम लम्साल गत भदौमा उपसचिवबाट सहसचिवबाट बढुवा भएका थिए । तर अझैसम्म उनीहरुले काम पाएका छैनन् । परराष्ट्र स्रोतका अनुसार राजदूतमा नियुक्ति पाउनको लागि विभिन्न माध्यमबाट परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग नजिकिन एक दर्जन भन्दा बढी सहसचिवहरूले अस्वस्थ्य प्रतिष्पर्धा शुरु गरेका छन् ।  

सरकारले केही देशमा राजदूत सिफारिस गर्ने तयारी भएको चर्चा सुरु भए लगत्तै राजदूतको लाइनमा बसेका सहसचिवहरुको अस्वस्थ्य प्रतिपष्पर्धा हुने गरेको छ । स्रोत भन्छ, –भरखरै फिर्ता बोलाइएका तथा कार्यकाकाल सकिएर केही समयअघि मात्र स्वदेश फर्किएका सहसचिवहरु समेत फेरि राजदूत भइ जान विभिन्न माध्यमबाट परराष्ट्रमन्त्री तथा विभिन्न दलका शिर्ष नेताहरुलाई प्रभाव पार्ने गरेका छन् ।  

विगतमा विशेष गरी केपी ओलीको पालामा परराष्ट्र सेवाका सहसचिवहरुलाई राजदूतमा सिफारिस गर्दा कार्यविधि पालनाभन्दा पनि आफ्ना मान्छेलाई बढी प्राथमिकता दिने गरेको गुनासो परराष्ट्रका कर्मचारीहरु गर्छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ