arrow

पहिला सबैलाई खोप लाएर तेस्रो डोज लगाउने नीतिले 'दुई डोज लगाएकालाई खतरा'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ५ सोमबार
corona-vaccine-janssen.jpg

काठमााडौं । सरकारले शुरुमा सबै नागरिकलाई खोप लगाएर मात्रै बुस्टर डोज लगाउने भनेपछि विगत १० महिनाअघि नै कोरोना भाइरसविरुद्धको खोप लगाइसकेकालाई जोखिम हुनसक्ने देखिएको छ ।

कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिता ६ महिनापछि घट्दै जाने विभिन्न अध्ययनको निष्कर्षपछि धेरै मुलुकहरूले थप मात्रा अर्थात् बुस्टर डोज लगाउन सुरु गरेका थिए ।

अहिलेको नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध दुई डोजले काम नगर्ने कुरासमेत विभिन्न अध्ययनले देखाइसकेका छन् । यसकारण अमेरिका, इङ्गल्याण्ड, चीन, जर्मनी, फ्रान्स, इजरेललगायतका दर्जनौँ मुलुकहरूले बुस्टर डोज झनै प्राथमिकताका साथ लगाइरहेका छन् ।

ओमिक्रोन भेरियन्टले एक पटक सङ्क्रमित भइसकेका र दुई मात्रा खोप लगाएकाहरूलाई सहजै सङ्क्रमित पार्न सक्ने देखिएको छ ।

६ महिनापछि डेल्टा भेरियन्टविरुद्ध नै पनि २ डोज खोपको प्रभावकारिता घट्दै जाने अध्ययनहरूको निष्कर्ष छ । यसैकारण अहिले बढी सङ्क्रमणको जोखिम रहेको व्यक्तिहरूलाई बुस्टर डोजको आवश्यकता देखिएको छ ।

खास गरी नेपालमा समेत ओमिक्रोन भेरियन्ट भित्रिसकेका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न सहरमा र गाउँमा बढी सङ्क्रमणको जोखिम रहेका व्यक्तिहरूलाई बुस्टर डोज लगाउनु पर्ने देखिन्छ ।

तर, शुरुमा सबै नागरिकलाई या कम्तीमा ५० प्रतिशतलाई खोप लगाइसकेपछि मात्र पहिला जोखिमपूर्ण समूहलाई बुस्टर डोज लगाउनेबारे सोच्ने सरकारी अधिकारीहरूको भनाइ छ ।

तर, सहरी क्षेत्रमा बसोबास गर्ने र अग्रपङ्तीमा काम गर्ने १० महिनाअघि खोप लगाएको व्यक्तिलाई ओमिक्रोन भेरियन्टको खतरा हुन सक्ने देखिन्छ । उसो त डेल्टा भेरियन्टविरुद्ध नै पनि खोपको प्रभावकारिता घट्दै जाने हो । 

कतिपय व्यक्तिहरू आफैले खोप लगाउन नचाहिरहेको अवस्थामा र कतिपय व्यक्ति सङ्क्रमणको जोखिम कम भएको ठाउँमा रहँदा उनीहरूलाई खोप लगाइसकेपछि मात्रै बुस्टर डोजबारे सोच्ने सरकारी नीति १० महिनाअघि खोप लगाएका र ओमिक्रोन भेरियन्ट सङ्क्रमणको जोखिम भएका नागरिकका लागि खतरा बन्न पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको सरकारी अनुसन्धान निकायले यस विषयमा लामो समयअघि खोप लगाएकाहरूमा कोभिड १९ विरुद्धको प्रभावकारिता कति कम भयो र त्यस्ता व्यक्ति सङ्क्रमित भइसकेको अवस्थामा कति गम्भीर अवस्थामा पुगे या मृत्यु भयो भनेर अध्ययन गर्नसमेत जरुरी देखिन्छ । तर यसतर्फसमेत काम भएको देखिँदैन ।

यसैकारण लामो समयअघि खोप लगाएका र जोखिमपूर्ण समूहका नागरिकहरूलाई नियमित खोप अभियानसँगै बुस्टर मात्रा लगाउनेबारे सोच्नु पर्ने देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ