arrow

बबईको डरलाग्दो सुरुङबाट शव निकालेका 'गोताखोर'को अनुभव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ८ बिहिबार
gotakhor-kiran.jpg

पौष ३ गते साँझ ६ बजे नहर नजिक खेल्न गएकी ६ वर्षीय बालिका देवीका खनाल नहरमा खसिन् । बालिका खसेको आफ्ना घरपरिवार कसैलाई थाहा भएन । आमा बाबुले खोजी गर्ने क्रममा बालिकाको चप्पल नहरमा भेटाए । चप्पल देखेपछि भेल भित्र पसेको आशङ्कामा सबैले खोजी गर्न थाले । 

बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका ८ कि देवीका बबई सिचाई आयोजनाको नहरमा बलिका फसेकी थिइन् । सो आयोजनाले बर्दिया जिल्लाकै सबैभन्दा ठुलो सिचाइ आयोजना हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा चिनिएको बबई सिचाई आयोजनाको नहर लामो रहेको छ । त्यो नहरको सबै स्थानमा बालिकाको खोजी भयो तर बालिका भेटिइनन् । बालिका नभेटिएपछि बाघ, चितुवा लाग्ने ठाउँ भएकाले बालिकालाई बाघ, चितुवाले लग्यो कि भन्ने कुरा पनि भयो । कतिले व्यक्तिगत रिसिविइका कारण बेपत्ता बनाएकी भन्ने कुरा पनि चलाए । अलमलका बिच चप्पलको आधारलाई लिएर, स्थानीय र नेपाल प्रहरीले सबै प्रयास गरे पनि सम्भव नभएपछि गोताखोर टालिलाई बोलाउने निर्णय गरे । 

सशस्त्र प्रहरी बलको ३१ नम्बर गण बर्दियाले प्रदेश नम्बर ५ को बाहिनीमा अनुरोध गरेसँगै बाहिनीले प्रदेश स्तरीय गोताखोरको टोली बस्ने ४२ नम्बर सम्शेरगन्जल गणमा सम्पर्क गर्‍यो । सम्शेरगन्जल प्रदेश स्तरीय गोताखोरको टोली बस्ने रिजर्भ गण हो । बाहिनीको आदेश आउने बित्तिकै सशस्त्र प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठको कमान्डमा दुई जना गोताखोर र तीन जना विपद् व्यवस्थापन तालिम प्राप्त कर्मचारी गरि पाँच जना टोली खटिए । 

 यो काम भने जो कोहीले पनि गर्न सम्भव छैन । सम्भव छ तर कसैले गर्न नसकेको काम सशस्त्र प्रहरीले गर्ने गरेको छ । कुनै उपाय नलागेपछि मात्र गोताखोरको टालिलाई बोलाउने गरिन्छ । गोताखोर भनेको अन्तिम विकल्प हो । गोताखोर पुगेपछि स्थानीय पनि ढुक्क हुने गरेका छन् । मृत शव भए पनि भेटिने आशा गरेका छन् । 

गोताखोर किरण भण्डारी र मोहन विष्ट को टोली १२ बजे कोहलपुरबाट बर्दियाको लागि प्रस्थान गर्‍यो । बर्दिया पुग्दा साँझ परेपछि ७ गते बिहान ८ बजेदेखि खोज कार्य शुरु भयो । गोताखोरले जोखिम मोल्दै परिवारले दिएको सूचनाको आधारमा बालिका देवीको खोजी गर्न थाल्यो । साँझ ४ बजेसम्म गोताखोरले खोजीमा लागे । 

५० फिटको गहिराइको ३०० मिटर होलको फलाम काटेर सुरुङ भित्र गोताखोर छिरेका थिए । जाडोको मौसमसँगै बरफ जस्तै चिसो पानीमा कठिनाइ झेलेदे थिए उनीहरू । काम गर्न सक्ने अवस्था नै थिएन गोताखोर मध्येका एक किरण भण्डारी भन्छन् ।'त्यो एकदमै जोखिम थियो । सुरुङ भित्र आफै फसिन्छ कि भन्ने डर थियो । त्यसमा पनि बरफ जस्तै चिसो थियो पानी । ' सावधानी अपनाएर गोताखोर टोली सफल भयो । 

बारबर्दिया ८ थानफेना स्थित बबई सिचाई आयोजनाको नहरमा रहेको साईफनमा ५०-६० फिट भित्र गहिराईमा फलामको अङ्कुश आकारको सरियामा स्विटर अड्किई आधा शरीर हिलोले पुरी सकेको अवस्थामा गोताखोर किरण भण्डारीले बालिकाको शव फेला पारे। साँझ ४ बजे बालिका देवीकाको शव टोलीले निकाल्यो ।

'पानी बाहिर गर्ने रेस्क्यु र पानी भित्र गर्ने रेस्क्युमा धेरै फरक पर्छ । रेस्क्यु गर्ने काम जहाँ पनि जोखिम भइनै हाल्छ । खास गरेर खोला नालामा तार जाली हाल्ने चलन छ । गोही सर्पबाट पनि बच्नुपर्ने हुन्छ । यी सबै कुराले गर्दा धेरै नै जोखिम हुन्छ तर आत्मसात् गर्दै मन दह्रो बनाएर यो नै हाम्रो कार्य गर्नुपर्छ । भने तालिम प्राप्त भएकाले र अन्य काम गरिसकेकाले पनि यो काम गर्न सहज हुन्छ । अब आगामी दिनहरूमा पनि यस्ता कामहरू सहज तरिकाले हामी काम गर्न सक्छौ ।' उनी भन्छन् । 

No description available.

सशस्त्रले गर्दै आएको पानीको गहिराइमा गएर उद्धार गरिने यो कार्य निकै जोखिमपूर्ण मानिन्छ । नेपालमा अहिले ३५ जना मात्र गोताखोर रहेका छन् । अहिलेसम्म नेपाली सेना र नेपाल प्रहरीमा गोताखोर छैनन् । सशस्त्रमा मात्र ३५ जना छन् । सातै प्रदेशमा तालीमप्राप्त गोताखोर राख्ने योजनाअनुरूप ३५ जनालाई सातै प्रदेशमा बढिएको छ ।

नेपाल सुरक्षा बेस बाँके शंसेरगञ्जमा अहिले ४ जना गोताखोर रहेका छन् । शंसेरगञ्जले ५ नम्बर प्रदेश र ६ नम्बर हेर्दै आएको छ । सातै प्रदेशमा गोताखोर खटाइए पनि प्रदेश ६ मा स्रोतसाधनको अभावका कारण प्रदेश पाँचमा रहेका गोताखोरले हेर्दै आएका हुन् । यहाँ राप्ती नदी, कर्णाली नदी, भेरी नदी जस्तो नेपालकै ठुला नदीहरू रहेका छन् । 'अण्डर वाटर डाइभिङ' तथा पानी मुनि गरिनुपर्ने उद्धार गर्दै आएको छ ।

भण्डारी भन्छन्, 'शव नभेटिए मानिस जिउँदै हो कि भन्ने दोधारमा घर परिवार रहने गरेको छ । हामी जति बटा उद्धार मा गएका छौ सबैमा सफल भएका छौ रित्तो हात फर्कन परेको छैन । हामी जहाँ पनि खटिएका छौ राम्रो प्रतिक्रिया आएको छ । त्यसकैको आधारमा हामीलाई काम गर्ने हौसला मिलेको छ ।' 

नेपालमा धेरै दुर्घटना भई अधिकांश बस नदीमा खस्ने गरेकाले तालिमप्राप्त गोताखोर आवश्यकता बढिरहेको छ । यस्ता संवेदनशील विषयप्रति नेपाल सरकारले चासो दिनुपर्ने उत्तिकै जोखिमपूर्ण पनि हुन्छन् । दक्ष जनशक्ति टिकाइराख्न राज्यले विशेष व्यवस्था गर्नुपर्ने देखिन्छ । शव निकालेर आफन्त र नेपाल प्रहरीको जिम्मा लगाएर गोताखोर टोली पुन ४२ नम्बर रिजर्भ गण फर्कियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ