arrow

छोराहरु हुँदाहुँदै छोरीले दिइन् बुबालाई दागवत्ती

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ११ आइतबार
dagbatti-karnali.jpg

मुगु । कर्णालीमा सम्भवतः पहिलो पटक छोरीले बुबाको दाहसंस्कार गरेकी छिन् । छायानाथ रारा नगरपालिका वडा नं ५ स्थित  साल्ट ट्रेडिङ्ग कर्पोरेशन मुगुमा कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका वर्ष ४९ का ज्ञानबहादुर बुढाकीकी १७ वर्षीया छोरी अमदेवी बुढाले देहवशान भएका बुबालाई दागवत्ती दिएकी हुन् । 

छोरीले बुबाको दाहसंस्कार गरेपछि यहाँका स्थानीयले कर्णालीकै सर्वश्रेष्ठ छोरीको रुपमा उनको चर्चा गरिरहेका छन् । हिन्दू परम्परामा छोरा (पुरुष) ले दागवत्ती दिने प्रचलन भए पनि अमदेवीले बुबालाई दागवत्ती दिएकी हुन् । उनका दाजुभाइ पनि छन् । स्वर्गीय ज्ञानबहादुरका जेठा छोरा वीरेन्द्र र कान्छा छोरा महेन्द्रले बहिनीलाई पनि छोरा सरहको अधिकार रहेको भन्दै दागवत्ती दिने कुरालाई सहज रुपमा लिएका हुन् ।

‘बहिनीले हामी छोरा सरहको अधिकार पाउनुपर्छ, दिनुपर्छ भन्ने उद्देश्यले हामी दुई भाइको सल्लाह बमोजिम बहिनीकै हातबाट बुबाको दाहसंस्कार गरेका हौं’ उनीहरुले भने । उनले दाजुभाइ नभएका महिलाले पनि दाहसंस्कार गर्न सक्छ भनेर समाजमा जानकारी दिन आफूले यस्तो गरेको बताइन् । 

‘म एक नारी हुँ, घरकी कान्छी छोरी पनि हुँ । ग्रामिण प्रचलन अनुसार छोराले मात्र गर्नुपर्छ भन्ने चलन रही आएको छ र यो प्रचलनलाई नयाँ स्वरुपमा ढाल्न खोजेको हो’ उनले भनिन्, यदि कसैका छोराहरु नभएर छोरी भए पनि बुबाको दाहसंस्कार गर्न सक्छन् भनेर यो कार्य गरेकी हुँ ।’

दाइहरुको मात्र नभएर आफ्नो पनि बुबा भएका कारण अन्तिम संस्कारमा पनि हक भएको उनको भनाइ छ । काठमाडौंमा बसेर अध्ययन गर्दै आएकी उनले आफू पनि दाहसंस्कारमा उपस्थित हुने भन्दै एक दिन शव जलाउनबाट रोकेकी थिइन् । दोस्रो दिन शनिबार आर्यघाट पुगेर मध्यान्ह १२ बजे बुबा ज्ञानबहादुरलाई उनले दागवत्ती दिएकी थिइन् । 

छोरीले बुबाको दाहसंस्कार गर्छु भन्दै आग्रह गरेपछि नरोकेको मृतकका भाइ टोपबहादुर बुढाले बताए ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ