arrow

चन्द्रागिरीमा हिउँ खेल्नेको भीड (फोटोफिचरसहित)

logo
प्रकाशचन्द्र जोशी, 
प्रकाशित २०७८ पुष १४ बुधबार
himpat-chandragiri1.jpg

काठमाडौं । गएरातिदेखिको अविरल वर्षाका कारण चन्द्रागिरीमा हिउँ परेको छ । एकैरातको वर्षाले हिमपात भएपछि काठमाडौं उपत्यका वरपरका हिउँप्रेमीहरुको चन्द्रागिरीमा भीड बढेको छ । 

सयौंको संख्यामा विद्यार्थीदेखि व्यवसायीसम्म रहेका छन् । बालबालिकादेखि जोडीसमेत रहेका छन् । अहिले भने वर्षा भएको छैन । 

सहभागीले हिउँमा चिप्लेटी खेलिरहेका छन् । सबैले हिउँलाई अंगालो हालेर सेल्फीसमेत खेलिरहेका छन् । चिसो मौसममा प्रायः हिमपात हुने चन्द्रागिरीमा यो वर्ष पहिलोपटक हिउँ परेको हो । 

हिउँले चन्द्रागिरि डाँडा सेताम्य भएको छ । चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बिहान हिमपात शुरु भएपछि हिउँ हेर्न र मनोरञ्जन लिन आउने पर्यटकको घुइँचो लागेको जानकारी दिए । 

चन्द्रागिरी डाँडाका साथै यहाँ रहेको भालेश्वर मन्दिर वरपर तथा रिसोर्ट परिसरमा अहिले बाक्लो हिँउ जम्मा भएको छ । चन्द्रागिरीमा हिउँ परेपछि तीन दिनसम्म नपग्लने बताइन्छ । यसले गर्दा त्यहाँ पुग्ने पर्यटकहरु बढ्ने देखिएको छ । 

यो हिउँले भने काठमाडौं उपत्यकामा भने चिसो बढाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ