arrow

हिमपातले जनजीवन प्रभावित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १४ बुधबार
humla-snow1.jpg

बलेवा । बागलुङका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । ढोरपाटन शिकार आरक्ष क्षेत्रबाहेकका क्षेत्रमा यस वर्ष पहिलो हिमपात भएको हो । मङ्गलबार साँझदेखि वर्षासँगै हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । 

जैमिनी नगरपालिका–३ गाजाको दह क्षेत्रमा हिमपात भएको स्थानीय शिक्षक अगन्धर सापकोटाले जानकारी दिए ।गाजाको दह सिङ्गारिएको छ, यो साच्चिकै सुन्दर देखिएको छ ।

मङ्गलबार साँझदेखिनै सो क्षेत्रमा हिमपात भएको थियो । ढोरपाटन क्षेत्र, घुम्टेको धुरी र आसपासका क्षेत्रमा हिमपात भएको छ । साथै ताराखोलाका विभिन्न पहाड, काठेखोला गाउँपालिकाको घोडाबाँधे र जैमिनी नगरपालिकाको हाँडीकोटमा हिमपात भएको छ । 

हिमपात र वर्षाका कारण बिशेषगरी विद्यालय जाने बालबालिका, पशुचरन गर्ने गोठाला तथा दैनिक दिनचार्यमा रहेका मानिसमा यसको असर परेको छ । 

हिमपात भएका क्षेत्रमा युवायुवतीले भने रमाइरहेका छन् । वर्षा र हिमपातले हिउँदे बाली गहुँ र जौ बालीलाई भने निकै राम्रो भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताए । 

हिमपात र वर्षाका कारण सबैभन्दा धेरै ज्येष्ठ नागरिक र बालबालिका प्रभावित भएका छन् । उच्च पहाडी क्षेत्रका विद्यालयसमेत प्रभावित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ