arrow

प्रेस चौतारीको महाधिवेशन पोखरामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १८ आइतबार
press Chautari.jpg

पोखरा । प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन पोरामा हुने भएको छ । आगामी माघ २२ र २३ गते पोखरामा महाधिवेशन हुने भएको हो । गतसाता लुम्बिनीमा सम्पन्न केन्द्रीय कमिटी बैठकले नवौं महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो । 

महाधिवेशनका लागि कास्कीमा तयारी शुरु भएको छ । महाधिवेशन मूल व्यवस्थापन कमिटीको बैठकमार्फत विभिन्न १७ उपसमिति गठन गरिएको  छ । मूल संयोजक गणेश पाण्डेको अध्यक्षतामा बसेको बैठकले उपसमिति पनि गठन गरेको हो । 

कास्की शाखाका संस्थापक अध्यक्ष पूण्य पौडेलको संयोजकत्वमा आर्थिक सहयोग संकलन उपसमिति, शाखाका निवर्तमान अध्यक्ष एवं केन्द्रीय सदस्य माधव बरालको संयोजकत्वमा भोजन व्यवस्थापन उपसमिति, केन्द्रीय सदस्य दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा आवास व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

यस्तै, प्रचारप्रसार उपसमितिको नेतृत्व चौतारी कास्कीका सचिव रञ्जन अधिकारीलाई दिइएको छ । मञ्च व्यवस्थापन उपसमितितर्फ केन्द्रीय सदस्य रामजीप्रसाद लम्साल, अतिथि सत्कार उपसमितिमा केन्द्रीय सदस्य सुष्मा पौडेल, जनसंगठन समन्वय उपसमिति संयोजकमा श्याम कुँवरलाई चयन गरिएको छ । 

यसैगरी, सांस्कृतिक उपसमितिको जिम्मेवारी केन्द्रीय सदस्य रुद्र श्रीष मगरलाई, स्वास्थ्य उपसमितिको नेतृत्व केन्द्रीय सदस्य जमुना वर्षा शर्मालाई, यातायात व्यवस्थापन उपसमितिको संयोजक केन्द्रीय सदस्य कञ्चन थापालाई बनाइएको छ । 

दृश्यावलोकन व्यवस्थापन उपसमितिको संयोजकमा केन्द्रीय सदस्य हरि बाँस्तोला, प्रभातफेरि व्यवस्थापन उपसमितिमा केन्द्रीय सदस्य खेम सारु मगर, स्वागतद्वार निर्माण उपसमिति संयोजकमा केन्द्रीय सदस्य आरजु बिष्ट सल्यानी, बुलेटिन प्रकाशन उपसमिति संयोजकमा केन्द्रीय सदस्य स्मीता अधिकारीलाई जिम्मा दिइएको छ । 

आकस्मिक समन्वय उपसमितिको संयोजकमा कास्की शाखाका सहसचिव ईश्वर देवकोटा र अनुगमन उपसमितिको संयोजकमा अग्रज पत्रकार बद्री बिनोद प्रतीकलाई चयन गरिएको छ । 

यस्तै, कास्की शाखाका सल्लाहकार एवं केन्द्रीय लेखा आयोगका सचिव केशव पाठकको नेतृत्वमा सचिवालय गठन गरिएको छ । सचिवालयमा अध्यक्ष अर्जुन गिरी, सचिव रञ्जन अधिकारी सदस्य छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ