राष्ट्रिय सभा सदस्यका लागि जसपाबाट सिद्दिकी र राईको नाम फाइनल
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २० मंगलबार
590
Shares
काठमाडौं । यही माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) ले दुई जना उम्मेदवारको नाम चयन गरेको छ ।
जसपाले प्रदेश २ को खुला समूहबाट खालिद सिद्दिकी(सिरहा) र प्रदेश १ बाट हेमराज राईको नाम टुङ्याएको हो ।
जसपाको बैठकले दुई जनाको नाम टुंगो लगाउँदै अनुमोदन गरेको हो। राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्ष दल एमालेको विरुद्ध सत्ता गठबन्धनमा रहेका दलहरु एकजुट बनेका छन्।