arrow

राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २१ बुधबार
Parliament_building-1619601493.png

काठमाडौं । यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ । बिहान १० देखि अपरान्ह ४ बजेसम्म उम्मेदवारको विरोधमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिने समय तोकिएको हो । 

१९ जना राष्ट्रिय सभा सदस्यको लागि मंगलबार विभिन्न पार्टीका ४३ उम्मेदवारले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ । उजुरी दिइसकेपछि पुस २२ र २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, पुस २३ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने र पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगको निर्वाचन तालिका छ ।

१९ सिटका लागि हुने निर्वाचनका लागि ४३ जनाको उम्मेदवारी परेकामा सत्तारुढ गठबन्धनले मिलेर उम्मेदवारी दिएका छन् । एमालेले एक्लै १९ सिटमा उम्मेदवारी दिएको छ ।  

सत्तारुढ गठबन्धनले भने बाँडफाँड गरेका छन् । जसमा नेपाली कांग्रेसलाई ६, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई ५–५, जनता समाजवादी पार्टीलाई २ तथा राष्ट्रिय जनमोर्चालाई एक सिट दिइएको छ । 

आगामी फागुन २० गतेदेखि निर्वाचित १९ र राष्ट्रपतिबाट मनोनित १ गरी २० जनाको पदावधि सकिँदैछ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ