राष्ट्रिय सभा चुनावमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २२ बिहिबार
519
Shares
काठमाडौं । सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रले राष्ट्रिय सभाको चुनावमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन सबैमा अपिल गरेको छ ।
विहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले गठबन्धनका उम्मेदवारलाई जिताउन मतदातालाई अपिल गरेको हो ।
बैठकले राष्ट्रिय सभाको चुनावका लागि सत्ता गठबन्धन तर्फबाट सात वटै प्रदेशमा समन्वय समिति गठन पनि गरेको छ । चुनाव माघ १२ गते हुँदैछ ।
कांग्रेस नेता नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको हुन गइरहेको भारत भ्रमणको विषयमा छलफल गरेको थियो । बैठकले भ्रमण सफलताका लागि शुभकामना व्यक्त गरेको छ ।