arrow

डिजिटल कृषि परामर्श सेवा केन्द्र सञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
Palpa_District.png
तस्बिर– फाइल

पाल्पा । तानसेन नगरपालिकाले ‘डिजिटल कृषि परामर्श सेवा केन्द्र‘ (इ चौतारी) सञ्चालनमा ल्याएको छ । सो केन्द्रले ग्रामीण आर्थिक विकास सङ्घ पाल्पा र जीइ किसानको सहयोगमा किसानलाई पशु तथा कृषि क्षेत्रमा उत्पादन, बजारीकरण तथा बीउबिजनसम्बन्धी सेवा पु-याउने जनाइएको छ । 
पहिलो चरणमा  तानसेन –६ मा सो सेवा दिइएको छ । यसबाट कृषि तथा पशुपालनका क्षेत्रमा उत्पादन वृद्धि गरी गरिब तथा बेरोजगार युवालाई स्वरोजगार बनाउन सहयोग पुग्नेछ । 

तानसेन नगर प्रमुख अशोककुमार शाहीले कृषि तथा पशुपालनका क्षेत्रमा सूचना प्रविधिको प्रयोग गरी उत्पादन वृद्धि गर्न किसानलाई राहत हुने बताए । कार्यक्रम जीइ किसानका कार्यक्रम अधिकृत विक्रम नेपालीले किसानलाई सूचना प्रविधिका माध्यमबाट कृषि तथा पशुपालनका क्षेत्रमा आधुनिककीकरण ल्याउन थालिएको बताए ।

ग्रामीण आर्थिक विकास सङ्घ पाल्पा र जीइ किसानको सहयोगमा तानसेन नगरपालिका सहित, रिब्दीकोट, रैनादेवी छहरा र बगनासकाली गाउँपालिका इ चौतारीले सेवा सञ्चालनमा ल्याएको छ । किसानलाई कृषि तथा पशुपालनका क्षेत्रमा उत्पादन वृद्धि गर्ने र नयाँ प्रविधिको प्रयोग गरी आत्मनिर्भर बनाउन थालिएको सङ्घका प्रेम गोदारले जानकारी दिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ