arrow
ADVERTISEMENT

मेला र महोत्सव स्थगित गर्न कास्की प्रशासनको अपिल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २७ मंगलबार
cdo office kaski hamrakura.jpg

पोखरा । कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले मेला र महोत्सवलगायतका कार्यक्रम स्थगित गर्न अपिल गरेको छ । 

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले विज्ञप्ति जारी गर्दै करोना सङ्क्रमणलाई बल पुग्ने खालका मेला र महोत्सवलगायतका कार्यक्रम स्थगित गर्न अपिल गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘आम नागरिकको स्वास्थ्य सुरक्षा, नागरिकको दैनिक जीवनलाई सुचारु एवं सजगताप्रति सबैले आआफ्नो तर्फबाट जिम्मेवार बनी कोभिड-१९ को प्रतिकार्यमा सहयोग गर्न गराउनुहुन सबै राजनीतिक दल, सार्वजनिक एवम् अन्य सङ्घसंस्थाहरू, नागरिक समाज एवम् खाम नागरिकमा स्वास्थ्य सुरक्षामा जोखिम बढ्ने गरी कुनै पनि क्रियाकलाप, भेला, सभा, सम्मेलन, मेला नगर्न नगराउनु हुन पुनः हार्दिक अनुरोध गर्दछौँ ।’

प्रशासनले कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिस बमोजिम गृह मन्त्रालयको निर्देशन तथा जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र (डीसीएमसी)को निर्णय बमोजिम पूर्व निर्धारित मेला, महोत्सवलगायतका भिडभाडजन्य कार्यक्रम स्थगित गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ