arrow

सहकारीमा स्थानीयले लगाए ताला

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७८ पुष २८ बुधबार
sana-kishan-sahakari.jpg

कञ्चनपुर । पुनर्वास नगरपालिका स्थित साना किसान महिला सहकारी संस्था लिमिटेड त्रिभुवन बस्तीमा भएको आर्थिक अनियमितताको विरोधमा स्थानीयहरूले बुधबार तालाबन्दी गरेका छन् ।

विगत लामो समयदेखि साना किसान महिला सहकारी संस्थामा हुँदै आएको आर्थिक अनियमितताको निष्पक्ष छानबिन हुनु पर्ने माग राख्दै स्थानीयले तालाबन्दी गरेका हुन । 

सहकारीको भवन माथि तला थप्ने नाममा सञ्चालक समितिले मापदण्ड विपरीत काम गरि ५१ लाख खर्च देखाएको, धितो मूल्याङ्कनका नाममा ऋणीहरूबाट मोटो रकम असुल्दै आएको लगायतका ७ सूत्रीय माग राख्दै स्थानीयले बुधबार सहकारीको मेन गेटमा तालाबन्दी गरेका हुन । 

उक्त सहकारीमा सार्वजनिक खरिद ऐन विपरीत काम गर्दै सञ्चालक समितिले शेयर सदस्यहरूको रकममा अनियमितता गर्दै आएको स्थानीय जगत शायरले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ