जनकपुरधाम । प्रदेश २ को राजधानी जनकपुरधाममै रहने भएको छ । आज प्रदेश सभामा भएको मतदान पछि सभामुख सरोजकुमार यादवले मतपरिणाम सुनाएका थिए । उनका अनुसार आज भएको मतदानमा उपस्थित भएका ९९ जना सांसदहरू मध्ये ७८ जना सांसदले जनकपुरधामको पक्षमा मतदान गरेका थिए ।
प्रदेश सभामा रहेका कुल १०४ जना सांसद संख्याको दुई तिहाइ मत भएकोले जनकपुरधाम स्थायी राजधानीको रूपमा पारित भएको सभामुख यादवले जानकारी दिए । जनकपुरधामको प्रस्ताव पारित भएपछि राजधानीको अन्य प्रस्ताव स्वतः अस्वीकृत भएको उनले बताए ।