arrow

मधेसमा मंगलबार सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ३ सोमबार
public-holiday-sarwajanik-bida.jpg

काठमाडौं ।  लामो समयको संवाद र बहसपछि प्रदेश नं २ को नाम र राजधानी टुङ्गो लागेपछि मधेस प्रदेशमा मंगलबार सार्वजनिक बिदा हुने भएको छ।  प्रदेश नं २ को स्थायी राजधानी जनकपुरधाम र नाम मधेश प्रदेश भएको खुसीयालीमा प्रदेशमा मंगलबार सार्वजनिक बिदा हुने भएको हो ।

जनकपुरधामसहित प्रदेश २ को आठ वटै जिल्लामा दीप प्रज्वलन भएको छ । जनता समाजवादी, माओवादी केन्द्र र लोकतान्त्रिक पार्टीका नेता कार्यकर्ताहरूको अगुवाइमा जनकपुरधामसहित मुख्य सहरहरूमा दीप प्रज्वलन भएको छ । 

चार वर्षपछि भए पनि प्रदेशको नाम र राजधानी टुङ्गो लगाएकामा खुसी भएका स्थानीयवासीले समेत घरघरमा दीपावली गरेका छन् । 



नयाँ