arrow

मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा, मनाउँदै बलिदानी दिवस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ५ बुधबार
madhes-pradesh.jpg

जनकपुर । मधेस बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले आज पनि सार्वजनिक बिदा दिएको छ । प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको खुसीयालीमा हिजो बिदा दिएको प्रदेश सरकारले आज पनि मधेस बलिदानी दिवसको अवसरमा पनि सार्वजनिक बिदा दिएको हो । 

मधेस प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा आज पनि प्रदेशमा सार्वजनिक बिदा दिएको प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए । 

मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको दिनलाई मधेस बलिदानी दिवसका रूपमा मधेस प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ । 

प्रदेश सरकारले यसवर्ष सप्तरीको राजधानीमा माघ ५ गते विशेष कार्यक्रम गरी मनाउन लागेको छ । यस वर्षको कार्यक्रममा मधेस आन्दोलनका क्रममा शहीद भएकाको परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम रहेको मन्त्री साहले बताए ।

राजविराजमा हुने कार्यक्रमका लागि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेता तथा प्रदेश सरकारका मन्त्री राजविराज पुगिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ