arrow

हिमपातसँगै चिसो बढ्दा हुम्लाको जनजीवन कष्टकर (४ तस्बिरसहित)

logo
जनकबहादुर शाही,
प्रकाशित २०७८ माघ १० सोमबार
humla-snows-new.jpg
तस्बिर : जनकबहादुर शाही, हुम्ला ।

हुम्ला। हिमाली जिल्ला हुम्लामा आइतबार साँझ देखि निरन्तर हिमपात भइरहेको छ । हिमपातले यहाँको जनजीवन थप कष्टकर बनेको छ । सदरमुकाम सिमकोटमा झण्डै एक फिटसम्म हिउँ जमेको छ भने उत्तरी क्षेत्रमा ३ देखि ४ फिटसम्म हिउँ जमेको छ । हिमपातले हुम्ला सेताम्मे हुँदा हिमालहरू चाँदी झैँ टल्किएका देखिएको छन् ।

अहिले पनि हुम्लामा हिमपात निरन्तर जारी रहेको छ । हिमपातसँगै यहाँको तापक्रम माइनसमा झर्दा चिसो अत्यधिक बढेको छ । चिसोले बृद्धबृद्धा, बालबालिका लगायतलाई थप असहज बनाएको छ । हिमपातले एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न थप कठिनाइ बनाएको छ ।

हिमपातले हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका प्राय बस्तीहरूमा ४ फिट भन्दा बढी हिउँ जमेको छ । भने अहिले सदरमुकाम सिमकोटमा १ फिट हिउँ जम्दा सिमकोटमा तापक्रम माइनस ८ डिग्रीमा झरेको छ । आइतबार दिउँसो देखि परेको हिमपातले हुम्लाको सिमकोट लगायतका हिमाली जिल्लामा रहेको हवाई सेवा बन्द भएको विमानस्थल श्रोतले बताएको छ । लामो समय देखि वर्षा नहुँदा समस्यामा परेका कृषक भने हिमपातले हर्षित भएका छन् अहिले जेष्ठमा पाक्ने जौ, गहुँ र उवा छर्ने समय भएकाले हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुशी भएका हुन् । लामो समय पानी नपरेकाले जमिन सुक्खा भएर जोत्न कठिन हुने देखिएका बेला हिमपातले त्यसलाई सहज बनाउने स्थानीयवासीहरुको भनाई छ ।

 जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातले गाईबस्तु, याक चौँरीलाई समस्या भएको त्यस क्षेत्रका स्थानीयले बताएका छन् । उच्च हिमाली जिल्ला हुम्लामा हिमपात भइरहेकाले यहाँका स्थानीयलाई सतर्क रहन प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले आग्रह समेत गरेका छन् ।

आइतबार हुम्लामा हिमपात भएपछि दुई वटा सिता एयरका जहाज सिमकोट विमानस्थलमै थन्किएका छन् । हिमपात धेरै हुँदा मौसम खराब भएपछि जहाज रोकिएको सिमकोट नागरिक विमानस्थलका प्रमुख मोहन गिरीले बताए ।

हिमपातले हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका प्राय बस्तीहरूमा ४ फिट भन्दा बढी हिउँ जमेको छ । भने अहिले सदरमुकाम सिमकोटमा १ फिट हिउँ जम्दा सिमकोटमा तापक्रम माइनस ८ डिग्रीमा झरेको छ । आइतबार दिउसो देखि परेको हिमपातले हुम्ला मै रोकिएका दुई जहाजले सिमकोटको मौसम खुले पछि सिमकोटबाट नेपालगन्जका लागि उडान भरेका छन् । हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा रोकिएको सिता एयरलाइन्सका दुई जहाजले आज उडान भरेका हुन् ।

हिमपात हुँदा सिमकोट विमानस्थलमा रोकिएका सिता एयरका २ जहाज ।

हिमपात हुँदा सिमकोट विमानस्थलमा रोकिएका सिता एयरका २ जहाज ।

उत्तरी हुम्लाको जनजीवन थप कष्टकर
हिमपातले हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन थप कष्टकर बनेको छ । लगातार हिमपात पछि यस क्षेत्रमा बाक्लो हिउँ जम्दा यहाँको जनजीवन कष्टकर भएको छ । नाम्खामा करिब ३ देखि ४ फिटसम्म हिउँ जम्नुका साथै अहिले पनि हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालय श्रोतले जनाएको छ । हिमपातले स्थानीयको जनजीवन कष्टकर बन्दै गएको छ । नाम्खा पर्ने सबै बस्तीमा आवतजावत ठप्प भएको छ । भने यहाँका पशुचौपायका लागि चरिचराऊ गर्न समेत कठिनाइ बनाएको प्रहरीले जाएको छ ।

सिमकोटमा एसइई टिउसन पढ्ने विद्यार्थी थप सकस
एसइई तयारीका लागि ट्युसन पढ्न सदरमुकाम सिमकोट आएका विद्यार्थीहरूलाई हिमपातसँगै चिसो बढ्दा बिहान, बेलुका ट्युसन पढ्न सकस भएको छ । जिल्लामा हिमपात नभए पनि हिउदेयाममा तापक्रम माइनसमा झर्ने भएकाले चिसो अत्यधिक हुने गर्छ । चिसोमा बिहानी ट्युसन कक्षा पढ्दै आएका विद्यार्थीलाई समस्या हुने गरेको बताउने गरेका छन् । 

हिउँदमा सामुदायिक तथा निजी विद्यालयहरू बन्द भए पनि एसइई तयारी गरिरहेका विद्यार्थीहरूले ट्युसन पढ्दै आएका छन् । बिहानको समयमा चिसो अत्यधिक हुने भएकाले ट्युसन कक्षा कोठामा चिसो लेख्न सक्ने नहुने गरेको एसइई तयारी गरिरहेका धनगिरी बुढाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ