arrow

मतदानमा सीके राउतका कार्यकर्ताको अवरोध, प्रहरीसँग झडप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १२ बुधबार
ck-raut-karyakarta-2022.jpg

जनकपुरधाम । राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि देशभर मतदान भइरहेको छ । बिहान ९ बजेदेखि मतदान सुरु भएको छ । तर, जनकपुरधाममा भने मतदान भइरहेका बेला सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । 

महेन्द्रनारायण निधि भवनमा मतदान भइरहेको छ । तर, मतदान स्थलमा  जनमत पार्टीका कार्यकर्ताहरु प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको छ । स्थिति नियन्त्रणमा लिन  प्रहरीले अहिलेसम्म  पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।

जनकपुरधामका विभिन्न ठाउँमा जनमत पार्टीका कार्यकर्ताहरुले प्रदर्शन जारी राखेका छन् । जनमत पार्टीका कार्यकर्ताहरुले बिहानैदेखि ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका छन् । 

उनीहरुले मधेश विगत एक महिनादेखि आन्दोलित रहे पनि माग पूरा गर्न चासो नदेखाएको र मधेसमा आएर निर्वाचन गरिरहेकाले विरोध गरेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ