arrow

नदाल कीर्तिमानी उपाधि नजिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १४ शुक्रबार
rafael-nadal-australian-open-2022.jpg

काठमाडौं । स्पेनिश टेनिस स्टार राफाइल नदाल अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । मेलबर्नमा आज भएको पहिलो सेमिफाइनलमा इटालियन खेलाडी माटियो बेरेट्टिनीलाई हराउँदै नदाल उपाधि नजिक पुगेका हुन् ।

पूर्व विश्व नम्बर एक एवं हालका पाँचौं वरीयताका नदालले सातौं वरीयताका माटियोमाथि ६–३, ६–२, ३–६ र ६–३ को प्रतिस्पर्धात्मक सेटमा जित हासिल गरेका हुन् । 

छैटौं पटक अष्ट्रेलियन ओपनको फाइनलमा पुगेका नदालले एक पटक मात्र उपाधि जितेका छन् । यसपटक उपाधि जिते भने उनले कीर्तिमान रच्ने छन् । 

३५ वर्षे नादाल सबैभन्दा बढी ग्राण्डस्लाम जित्ने पहिलो खेलाडी हुनेछन् । 

अहिलेसम्म नदाल, स्वीस खेलाडी रोजर फेडेरर र सर्भियन खेलाडी नोभाक जोकोभिचले समान २० पटक ग्राण्डस्लाम उपाधि जितेका छन् । 

फेडेरर यसपालि खेलेनन् भने जोकोभिच कोरोना भाइरसविरुद्धको खोप नलगाएका कारण अष्टे«ेलिया आएर पनि देश निकाला हुनुपर्यो । 

जोकोभिच नहुँदा नदालको भाग्य चम्किन सक्ने देखिएको छ । 

अब उपाधिका लागि फाइनलमा नदालले दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछन् । दोस्रो सेमिफाइनलमा ग्रीसका खेलाडी स्टेफानोस सित्सिपास र रसियन खेलाडी डानिल मेदभेदेव खेल्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ