- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कावासोती । पश्चिम नवलपरासीको बर्दघाट १६ मा रहेको दाउन्नेदेवी सामुदायिक वनको भालु खोलामा पाटे बाघ मृत अवस्थामा फेला परेको छ । डिभिजन वन कार्यालय पश्चिम नवलपरासीका प्रमुख शंकरप्रसाद गुप्ताका अनुसार घास दाउरा गर्न गाउँलेहरु जंगल गएका बेला गोली लागेको मृत अवस्थामा पोथी बाघ देखेपछि प्रहरी र वन कार्यालयलाई खबर गरेका थिए ।
खबर पाए लगत्तै सो श्री नम्बर २ वन तथा पर्यावरण सुरक्षा गणबाट सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो । साढे ७ फिट लम्बाई र ३ फिट उचाई रहेको करिब १ सय ५० किलो तौल रहेको बाघको घाँटीमा पासो लगाएको डाम र शरीरका दुई स्थानमा गोली लागेको घाउ भेटिएकोले तस्करले मारेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएकाले थप अनुसन्धान भैरहेको डिभिजन प्रमुख गुप्ताले बताए ।