arrow

नेपालमा जलवायु परिवर्तनसम्बन्धि लगानी भित्र्याउन सक्ने अवस्था छैन: वातावरण मन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २० शुक्रबार
birendra-mahato-cop.jpg

काठमाडौँ ।  वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतोले नेपालमा जलवायु परिवर्तनसम्बन्धि लगानी भित्र्याउन सक्ने अवस्था नरहेको बताएका छन् । नेपालमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि आएको बजेट खर्च गर्ने अवस्था आफ्नै मन्त्रालयमा नभएकाले सो सम्बन्धी थप बजेट ल्याउने अवस्था नभएको मन्त्री महतोको स्पष्टीकरण थियो । 

आफ्नै मन्त्रालयले शुक्रवार काठमाडौँमा आयोजना गरेको संयुक्त राष्ट्र सङ्घको जलवायु परिवर्तन सम्बन्धी २८ औँ सम्मेलन (कोप–२८) को समीक्षात्मक बैठकमा बोल्दै मन्त्री महतोले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लगानी गर्न आफूले आग्रह गर्दा दाताले नेपालमा खर्च गर्न सक्ने क्षमता नै नभएकाले दिन नसकिने जवाफमा दिएको र त्यसले आफूलाई लज्जित बनाएको गुनासो समेत गरे । 

उनले जलवायु परिवर्तनसम्बन्धि बजेट समयमै खर्च गर्न पनि सम्बन्धित मन्त्रालय र निकायहरूलाई सचेत गराए । त्यसो भए मात्रै थप बजेट माग्न सकिने मन्त्री महतोको भनाई थियो ।

उनले भने, ‘यसपालिको कोपमा हामी नेपाली नेपालमा यो हाम्रो प्रोब्लम छ । हामी नेपाली यो एजेन्डा लिएर आएका छौं भन्ने विश्वको ध्यानाकर्षण गराउन हामी सफल भएका थियौँ । कुनै पनि मिटिङ त्यस्तो थिएन, जहाँ नेपालको एजेन्डाबारे कसैले चासो नराखेको होस् । यो एजेन्डा तय गर्न साथीहरूको महत्त्वपूर्ण योगदान छ । म त्यसका लागि धन्यवाद दिन चाहन्छु । अब हामीसँग चुनौती भनेको कस्तो छ भने नेपाल जुन जलवायु परिवर्तनले भोगिरहेका समस्याहरू छन् । जुन विकसित देशहरूले गरेको समस्याले हामीले जुन समस्याहरू आइराखेको छ । जसलाई हामीले भोगिरहेका छौं । त्यसका लागि हामीले स्ट्रङ्ली आवाज उठाउँदा खेरी हामी तपाईँहरूसँग माग्न आएका होइनौँ । हाम्रो यो राइट हो । र, हामीले पाउनुपर्छ भन्ने भ्वाईस चाहिँ स्ट्रङ्ली गएको हुनाले नेपाल पनि अब यो विषयमा एकदमै अघि बढिसकेको छ । र, हामीलाई गर्नुपर्छ भनेर जुन किसिमले हामीले आवाज राख्यौँ । त्यो आवाज पनि सुनिएको जस्तो मलाई लाग्छ । हामी कहिलेकाहीँ स्ट्रङली आवाज राख्छौँ । त्यसरी हामीलाई हेल्प गर्नुपर्‍यो भन्छौँ । तर हामी कहाँ चुकिरहेका छौ भन्दा खेरी अव मेरै मन्त्रालयमा मलाई दाताहरूले सहयोग गरेको छ । फण्ड त आएको छ । छोटै आएको होला । ५० सै करोड आएको छ । ४० करोडको आएको छ । १० करोडकै आएको छ । त्यो क्लाईमेट चेन्जको नाममा आएको छ । त्यो पैसा हामीले कहिले खर्च गर्ने ? त्यो खर्च गर्ने मेकानिज्म के हो हामीसँग ? ५ वर्षको प्रोग्रामको लागि १२ वर्ष भइसक्यो । त्यो पैसा जहाँको त्यहीँ छ । म्याक्सिमम खर्च गर्‍यो भने तलबमा खर्च गर्‍यौँ, भत्तामा खर्च गर्‍यौँ, तर डेभलभमेण्ट सेक्टरमा जुन आएको छ । त्यो हामीले छुन पनि सकेनौँ । त्यसकारणले अव मलाई तिमीहरू हामीलाई हेल्प गर, हेल्प गर । मैले अस्ति अलि रिसाएर पनि भने–हामीलाई अव तिमीहरूको सानो सानो हेल्प चाहिएन । नेपाललाई देखिने गरी गर्नुपर्‍यो भन्दा खेरी सानो त खर्च गर्न सक्दैनौँ । ठुलो त खर्च गर्ने मेकानिज्मनै छैन भन्ने कुरा आइसकेपछि कस्तो लाज लाग्ने कुरा हुन्छ के । त्यसकारण म साथीहरूलाई के भन्छु भने माग्नु भन्दा पहिले आएको चीजलाई खर्च गर्‍यो भने माग्नु पनि सजिलो हुने । दिनेले पनि यिनीहरूले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि तीव्रताका साथ काम गरिरहेको छ । यिनीहरूको मेकानिज्म राम्रो छ । यसको टेक्निकल्ली प्वाइन्ट स्ट्रङ छ । मेन पावर वेलट्रेन छ । यहाँको ब्युरोक्रेसी राम्रो छ । यहाँको मन्त्रालयहरुबीचको सम्बन्ध राम्रो छ । यहाँ पैसा खर्च गरेर विकासको बाटोमा जाने गति तीव्र छ भन्ने म्यासेज यो क्लाईमेट चेन्जसँगै यो पनि म्यासेज दिन जरुरी छ । त्यसकारण मन्त्रालयका साथीहरूलाई, माननीयजीहरूलाई, मन्त्रीजीहरूलाई म के आग्रह गर्न चाहन्छु भने–हामी जुन फण्ड आएको छ । जो ग्रान्टहरू आएको छ । त्यसलाई हामीले टाइममै खर्च गरिदियो भने अलिकति सजिलो हुन्छ । र, माग्न पनि सजिलो हुन्छ ।’

मन्त्री महतोले कोप–२८ मा नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेको समस्याबारे विश्वलाई जानकारी गराउन सके पनि त्यस्तो सहयोग परिचालन गर्न भने ध्यान दिनुपर्ने बताए । 

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा. दीपककुमार खरालले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सम्बन्धित मन्त्रालय र सबै पक्षबीच सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । उनले जलवायु परिवर्तनको असर सबै पक्ष, तह र वर्गमा पुगेकाले यसको असर न्यूनीकरणमा सबैले समान ढङ्गले चासो दिएर अघि बढ्नुपर्ने उनको भनाई थियो ।

सचिव खरालले भने, ‘यो जलवायु परिवर्तनको विषय अहिले यति क्रमकटिङ इस्युको रूपमा आएको छ कि समाजको कुनै सेक्टर, कुनै पक्ष, कुनै तह र कुनै वर्ग अछुतो रहेको छैन । यदि यो छैन भनेदेखि यसलाई सम्बोधन गर्न पनि सबै उही रूपमा लाग्नुपर्ने हुन्छ । यो अर्थमा यहाँहरूले जुन सहभागिता जनाउनुपर्ने हो, नेपाल सरकारका सबै निकाय, पक्षहरू, मन्त्रालयहरू यसमा संलग्न हुनु भएको छ । यो कोप २८ मा सहभागी हुनका लागि हामीले प्रधानमन्त्रीज्यूको निर्देशन अनुसार काम गरेर यसमा सफलता हासिल गरेका हौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ