arrow

सरकारलाई डा शेखरको सुझाव- गठबन्धनसँग भन्दा आयोगसँग छलफल गरे राम्रो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १६ आइतबार
shekhar-Koirala.jpg.jpeg

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पाँच दलीय गठबन्धनसँग भन्दा निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्न सरकालाई सुझाव दिएका छन् । 

कोइराला निवास विराटनगरमा उनले भने, “गठबन्धन दलसँग भन्दा पनि सरकारले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्दा राम्रो हुनेछ ।” 

डा. कोइरालाले सरकारले निर्वाचनका विषयमा सिधै निर्वाचन आयोगसँग छलफल गरी टुङ्गो लगाउनुपर्ने तर्क गर्दै ऐन कानून परिवर्तन गरेर निर्वाचन सार्न नहुने विचार व्यक्त गरे ।

उनले पार्टीको १४औं महाधिवेशनमा पराजित भएका वरिष्ठ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्न पनि नेतृत्वलाई सुझाव दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ