arrow

नदालले राखे टेनिस इतिहासमा रेकर्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १७ सोमबार
nadal-record-winner.jpg

काठमाडौं । स्पेनिश टेनिस स्टार राफाइल नदालले टेनिस इतिहासमै सर्वाधिक ग्राण्डस्लाम जित्ने कीर्तिमान बनाएका छन् । मेलबर्नमभा आइतबार अष्ट्रेलियन ओपनको उपाधि जित्दै नदालले कीर्तिमान रचेका हुन् । 

सबैभन्दा बढी २१ औं ग्राण्डस्लाम जित्ने कीर्तिमान बनाउने क्रममा नदालले फाइनलमा रसियन खेलाडी डानिल मेदभेदेवलाई हराए । 

५ घण्टा २४ मिनेट चलेको फाइनलमा शुरुआती दुई सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै पाँचौं वरीयताका नदालले दोस्रो वरीयताका मेदभेदेवलाई ३–२ ले हराएर उपाधि जिते । 

मेदभेदेवले पहिलो सेट ६–२ र दोस्रो सेट ७–६ ले जितेका थिए । त्यसपछिका सेट नदालले जिते । नादालले तेस्रो सेट ६–४, चौथो सेट ६–४ र पाँचौं सेट ७–५ ले जिते । 

सन् २००९ मा पहिलो अष्ट्रेलियन ओपन जितेका ३५ वर्षीय नादालले यसपालि दोस्रो अष्ट्रेलियन ओपन जित्दै कीर्तिमान नै बनाए । 

नदालले फ्रेन्च ओपन १३ पटक, विम्बल्डन २ पटक तथा युएस ओपन ४ पटक जितेका छन् । 

उनले विश्व नम्बर एक सर्भियन खेलाडी नोभाक जोकोभिच र पूर्व विश्व नम्बर एक स्वीस खेलाडी रोजर फेडररको कीर्तिमान तोडेका हुन् । जोकोभिच र फेडेररले समान ण् २०–२० ग्रान्डस्लाम जितेका छन् । 

यसपटक जोकोभिच कोरोना भाइरसविरुद्धको खोप नलागएका कारण अष्ट्रेलियाबाट देश निकालामा परेका थिए ।

उनले अदालतमा मुद्दा लडे पनि पहिलो पटकमा जित्दा दोस्रो पटक पनि पक्राउ परेपछि भने अदालतले सरकारको निर्णयमै फैसला गरेपछि देशनिकालामा परेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ