arrow

तेस्रो पटक हिमपातसँगै कठ्याङ्ग्रियो जुम्ला (फोटोफिचर)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २१ शुक्रबार
humla-himpat1.jpg

जुम्ला । जुम्लामा  पुनः हिमपात भएको छ ।  बिहीबार साँझदेखि शुरु भएको हिमपात अहिले पनि जारी छ। पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भइसँगै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएपछि चिसो पनि बढेको छ । 

चिसोका कारण जनजीवन प्रभावित बनेको छ । यो वर्ष जुम्लामा तेस्रो पटक हिमपात भएको  हो । हिमपातका कारण मानिससँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ ।

जुम्लाको अधिकांश क्षेत्रमा बिहीबारदेखि हिमपात भएपछि आधा फिटसम्म हिउँ जमेको छ । लेकाली क्षेत्रमा झण्डै एक फिट बढी हिउ जमेको छ ।

हिमपातका कारण जुम्लामा बत्ती र  इन्टनेट सेवा पनि अवरुद्ध भएको छ । चिसोका कारण दैनिकी कष्टकर बनेको चन्दननाथ नगरपालिकाका मनोज नेपालीले बताए ।

जुम्लामा स्याउ लगाउने  र स्याउका बिरुवा काँटछाट गर्ने समय भएकाले किसानका लागि भने सहज भएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ