arrow

तीन फिट बाक्लो हिमपात भयो मनाङमा [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २१ शुक्रबार
himpat-manang.jpg

लमजुङ । मनाङमा तीन फिट बाक्लो  हिमपात भएको छ । बिहीवार दिउँसोदेखिको निरन्तरको हिमपातसँगै मनाङको जनजीवन प्रभावित भएको छ । मनाङको तापक्रम घटेर माइनस १२ डिग्री सेल्सियस पुगेको छ ।  

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार मनाङको माथिल्लो भेग टंकी मनाङ, खाङ्सार, मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी , चामे , दानक्यु लगायतका ठाउँमा हिमपात भएको छ । 

लगातारको हिमपातले चिसो अत्यधिक बढेको छ । चिसो बढेसँगै धारामा पानी जमेको छ । खोलासमेत जमेको मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले बताए  । 

हिमपातबाट हुने जोखिम न्यूनीकरणका लागि सुरक्षा निकायहरु तयारी अवस्थामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३२ गुल्म हे।क्वा मनाङका प्रहरी निरीक्षक पूर्ण तामाङले बताए । 

हिमपातले किसान भने खुसी भएका छन् । मनाङका स्थानीय अनिता लामाले हिमपातले आलु, फापर, गहुँ, जौ र उवालगायतका बालीलाई राम्रो गर्ने बताइन् ।  चामे गाउँपालिका– २ थान्चोकका स्याउ कृषक कुलबहादुर घलेले हिमपात हुनु स्याउ खेतीका लागि राम्रो भएको बताए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ