- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल चलिरहेको छ ।
तीन दलका नेताहरुबीचको छलफलका साक्षी बन्न एमाले महासचिव शंकर पोखरेल र सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की पनि सँगै सहभागी रहेका छन् ।
भेटमा स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायतका बारेमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि ओली पहिलो पटक बालुवाटार पुगेका हुन् । यसअघि सर्वदलीय बैठकमा बोलाउँदासमेत ओली बालुवाटार पुगेका थिएनन् । देउवा भने केही समयअघि ओली निवास बालकोट पुगेका थिए ।