arrow

स्थानीय तहको निर्वाचन बैशाख ३० गते एकै चरणमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २४ सोमबार
mantriparishad-baithak-2078-10-24.jpg

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते एकै चरणमा गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । 

यसअघि निर्वाचन आयोगले सरकारलाई जेठ ४ गते निर्वाचनको मिति तोक्न सुझाव दिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सोही मितिमै निर्वाचन घोषणा गर्ने बताएका थिए । 

यसअघि २०७२ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । बैशाख ३१ गते शुरु भएर असोज २ गते सकिएको थियो । त्यसरी निर्वाचन गर्दा खर्च धेरै हुने भएसँगै यसपालि एकै चरणमा निर्वाचन गर्न लागिएको हो ।

यसअघि निर्वाचनको मिति घोषणा गर्नुअघि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार मात्रै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा सत्ता गठबन्धन दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ