arrow

[अपडेट] नेपाली क्रिकेट टोली विश्वकप क्वालिफायर खेल्न ओमान गयो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २५ मंगलबार
kheladi bidai.jpg

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान गएको छ । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा सहभागिता जनाउन टोली ओमान गएको हो । यसअघि टोलीको मंगलबारै बिदाइ गरिएको थियो । 
  
मंगलबार भर्चुअल माध्यमद्धारा आयोजित बिदाइ कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ ले खेलाडीहरुलाई बिदाइ गरेका हुन् । कोरोना संक्रमण जोखिमका कारण नेपाल क्रिकेट संघ (क्यान) ले भर्चुअल माधयमद्धारा मंगलबार बिहान बिदाइ कार्यक्रम आयोजना गरेको हो । 

ग्लोबल छनोटका लागि नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनीबीच खेल हुने भएको छ । फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुने छनोट खेल अन्तर्गत समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् । 

समूूह ‘बी’ मा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । छनोट अघि नेपालले ओमानमा चार देशीय टी–२० सिरिज खेल्ने तालिकासमेत रहेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले जनकारी दिनुभयो । सिरिजमा नेपालसहित 
आयरल्यान्ड, युएई र ओमान रहेका छन् । 

खेलाडीहरुलाई बिदाई गर्दै मन्त्री अथकले विश्वकपका लागि ग्लोबल छनोट भएर आउन शुभकामना दिएका छन् । नेपाली क्रिकेट क्षेत्रले छोटो समयमै उल्लेख्य प्रगति गरेको भन्दै मन्त्री अथकले यस पटक विश्वकपका लागि नेपाली टोली छनोट हुनेमा विश्वस्त रहेको बताए । 

नेपाली वीरता सम्झिएर खेल्नसमेत मन्त्री अथकले खेलाडीहरुलाई आग्रह गरेका छन् । राज्यले खेल पूर्वाधार निर्माणका लागि उल्लेख्य प्रयास गर्दै आएकोतर्फ इंगित गर्दै मन्त्री अथकले केही ठूला पुर्वाधारहरु निर्माणाधीन अवस्थामा रहेकाले आफ्नै कार्यकालमा त्यसलाई पूर्णता दिने गरी निर्माण प्रक्रिया अगाडि बढाइएको बताए ।
  
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विगतमा देखिएका कमीकमजोरीलाई सच्याउँदै क्रिकेटको विकासका लागि सबै एक हुनुपर्नेमा जोड दिए । साथै खेलाडीहरुलाई उच्च मनोबलका साथ उत्कृष्ट खेल प्रदर्शनका लागिसमेत शुभकामना दिए ।  

बिदाइ कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला लगायतको उपस्थिति रहेको थियो ।   

नेपाल दोस्रो पटक विश्वकप खेल्नेमा विश्वस्त 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ