arrow

कमल थापालाई पुनर्विचार गर्न राप्रपाको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २५ मंगलबार
rajendra-linden-rpp1.jpg
तस्बिर– फाइल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्व अध्यक्ष कमल थापालाई पार्टी परित्याग गर्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ । थापाले मंगलबार पार्टी परित्याग गर्ने घोषणा गरेपछि बसेको राप्रपा पदाधिकारीको बैठकले आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको हो ।

‘राप्रपाको ऐतिहासिक एकता महाधिवेशनपछि राप्रपाको लोकप्रियतामा वृद्धि तथा राष्ट्रिय शक्तिका रुपमा उदय र विकास भइरहेको समयमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाबाट अनपेक्षित तथा अप्रत्यासित रुपमा व्यक्तिगत तवरले पार्टीबाट अलग हुने भनी गरिएको घोषणाप्रति दुःख प्रकट गर्दछौं’ प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मंसिरमा भएको महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासले निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेर आफूलाई पराजित गरेको आरोप लगाउँदै थापाले पार्टीभित्र असन्तुष्टि जनाउँदै आएका थिए । उनले निर्मल निवासको हस्तक्षेपको छानबिन गर्न पनि आग्रह गरेका थिए । 

अहिलेको नेतृत्वले कुनै चासो नदेखाएकाले आफूले वाध्य भएर पार्टी छाड्ने निर्णय गर्नुपरेको थापाले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ