arrow

फोनपेमा प्रभुपे आवद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २६ बुधबार
viber_image_2022-02-09_16-52-27-743.jpg

काठमाडौं । प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपे फोनपे पेमेन्ट सर्भिस लिमिटेडमा आवद्ध भएको छ । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड र प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपे एक कार्यक्रमका बीच सहकार्यपत्रमा हस्ताक्षर भएसँगै प्रभुपे फोनपे नेटवर्कमा आवद्ध भएको हो । 

बुधबार फोनपेका नायब प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र प्रभुपेका प्रमुख कार्यकारी अधिकृत बिकी शाहीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यससँगै अबदेखि प्रभुपेका ग्राहकले फोनपेको क्युआरमार्फत सहजै रकम भुक्तानी गर्न सकिने बताइएको छ । 

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा फोनपेका नायब प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले प्रभुपेसँगको सहकार्यले क्यासलेस अर्थतन्त्र निर्माण गर्ने उद्देश्यमा थप मद्दत पुग्ने बताए । त्यसैगरी, प्रभुपेका प्रमुख कार्यकारी अधिकृत बिकी शाहीले फोनपेसँगको सहकार्य आफूहरुको लागि सुवर्ण अवसर भएको बताए ।

डिजिटलाइज र क्यासलेस बनाउने आफूहरुको सोच पूरा गर्न आगामी दिनमा मिलेर अगाडि बढ्ने उनले बताए । 

फोनपेमा हाल ५ लाख ७० हजारभन्दा बढी मर्चेन्ट रहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ