arrow

स्थानीय निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नेबारे अध्ययन गर्न कार्यदल गठन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २६ बुधबार
election-commission-nepal.jpg
फाइल तस्बिर

काठमाडौँ। निर्वाचन आयोगले वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनमा विद्युतीय भोटिङ मेसिन  प्रयोगबारे अध्ययन गर्नका लागि कार्यदल गठन गरेको छ।

आयोगले निर्वाचनको तयारी स्वरूप मेसिन प्रयोगबारे अध्ययन गर्न कार्यदल गठन गरेको हो। विज्ञहरूसहितको बुधवार निर्वाचन आयोगमा भएको छलफलमा सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरिएको आयोगका प्रवक्ता, सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

उनका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। कार्यदललाई ७ दिनको समय दिइएको छ।

कुन-कुन निर्वाचन क्षेत्र/स्थानीय तहमा यस्तो मेसिन प्रयोग गर्नेबारे कार्यदलले सुझाव दिने प्रवक्ता पौडेलले बताए। कार्यदलमा नेपाल सरकारका आइटी विज्ञहरू रहेको उनले जानकारी दिए।

कार्यदललाई विद्युतीय भोटिङ मेसिनको उपलब्धता, यसको विश्वसनीयता, प्रयोगको सम्भाव्यता आदिका विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन भनिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ