arrow

आवेश र उत्तेजनामा निर्णय नगर्ने केपी ओलीको भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २ सोमबार
kp-oli-new.jpg
तस्बिर– फाइल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले चार न्यायाधीशका बारेमा आवेश र उत्तेजनामा निर्णय नगर्ने बताएका छन् । सोमबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले दोस्रो पटक विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिने चार न्यायाधीशका बारेमा आवेग र उत्तेजनामा निर्णय नलिने बताएका हुन् ।

कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदले प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि काउन्टरमा एमालेले पनि चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने भनिएका बेला ओलीले सो बताएका हुन् । 

बैठकमा विभिन्न सांसदले जबरा र एमसीसीकाबारेमा धारणा राखेका थिए । सोही क्रममा सांसद घनश्याम भुसालले एमालेले जबरालाई बोकेर हिँड्न नहुने सुझाव दिएका छन् । सांसद भीम रावलले एमसीसीको विरोध गर्न माग गरेका छन् । 

एमाले संसदीय दलको बैठक सकिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ