- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नेपाली कांग्रेसको संसदीय दलको बैठक आज मङ्गलवार बस्दै छ। कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालका अनुसार बैठक बिहान ९ बजे सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ।
आजको बैठकमा मुख्य एजेण्डा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध गत आइतबार दर्ता भएको महाभियोग प्रस्तावको समीक्षा र आगामी रणनीति रहेको छ। त्यसबाहेक पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने उनले बताइन्।
गत आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए। जबराविरुद्ध गलत समयमा महाभियोग दर्ता भएको भन्दै प्रमुख प्रतिपक्षी एमाले क्रुद्ध छ।
एमाले संसदीय दलको बैठक सोमबार बसेको थियो।