- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कपिलवस्तु । जिल्लाका दुई पालिकाका गरिब तथा विपन्न वर्गलाई न्यानो लुगा तथा कपडाहरू वितरण गरिएको छ । बेलायतको दातृ निकाय इस्लामिक रिलिफ नेपालको सहयोगमा लुम्बिनी एकीकृत विकास संस्था (लिडो) नेपालले शुद्धोधन गाउँपालिका र मायादेवी गाउँपालिकाका गरिब र विपन्नलाई न्यानो कपडा र सामाग्री वितरण शुरु गरेको हो ।
प्रतिनिधिसभाका सांसद अतहर कमाल मुसलमानको पहलमा जिल्लाका दुई गाउँपालिकाका ७ सय ५३ परिवारलाई न्यानो लुगा र सामाग्री वितरण शुरु गरिएको छ । न्यानो कपडा वितरण कार्यक्रम अन्तर्गत शुद्धोधन गाउँपालिकाका ३ सय ५५ परिवारलाई वितरण गर्ने कार्य सम्पन्न भएको छ ।
प्रत्येकलाई २४ प्रकार सामाग्री मध्य बढी प्रति परिवार ७ हजार ५ सय बराबरका न्यानो कपडा र सामाग्री वितरण गरिएको हो । वितरित सामाग्रीमा ब्लाङकेट, डसना, सिरक, ज्याकेट, केटली, उनि लुगा लगायतका सामाग्री छन् । संस्थाले वितरण गरेको न्यानो कपडा र सामाग्रीले आफूलाई ठुलो राहत मिलेको शुद्धोधन ३ का राजु नेटुवा ले बताए ।
सांसद कमालको पहलमा आयोजना गरिएको न्यानो लुगा वितरण कार्यक्रममा पालिकाका गरिब र विपन्न नागरिकलाई राहत मिलेको शुद्धोधन ४ का वडा अध्यक्ष नरेश अहिरले बताए । न्यानो लुगा वितरण कार्यक्रम अन्तर्गत शुद्धोधनका ३ सय ५५ परिवार र मायादेवी गाउँपालिकाका ३ सय ९८ गरि कुल ७ सय ५३ गरिब र विपन्न परिवारलाई सामाग्री वितरण गरिने लिडो नेपालकी कार्यकारी निर्देशक सुनिता बेल्बासेले जानकारी दिइन । हाल दुई गाउँपालिकामा सञ्चालित उक्त कार्यक्रमलाई कपिलवस्तु नगरपालिका र बाणगंगा नगरपालिकामा बिस्तार गर्ने लक्ष्य रहेको उनले बताए ।
सामाग्री प्राप्त गर्ने प्रत्येक लाभग्राहीलाई भौचर मोडिलाडी अनुसार सामान वितरण गरिएको इस्लामिक रिलिफ नेपालकी कार्यक्रम प्रबन्धक प्रज्ञा अधिकारीले बताइन । उपलब्ध साम्रागीहरु मध्ये वाट रोजेको र आवश्यकता अनुसारको सामग्री लाभग्राहीहरूको लागि वितरण गरिएको समेत अधिकारीले बताइन् ।
प्रत्येक लाभग्राहीलाई दिइएको २४ वटा सामाग्रीको विवरण सहितको भौचरबाट प्रत्येकले आफूलाई आवश्यक पर्ने ७ हजार ५ सय बराबरको सामाग्री लिने गरेको उनले जनाइन । आफूहरूले नेपालमा पछिल्ला तिन वर्ष यता ६ वटा जिल्लामा काम गर्दै आएको इस्लामिक रिलिफ नेपालका कन्ट्री डाईरेन्टर तल्हा जमालले स्पष्ट पारे । आगामी समयमा दिगो विकासका कार्यक्रमलाई लक्षित गरि लगानी गर्ने योजना रहेको उनले जनाए ।
लिडो नेपालले विभिन्न दातृ निकायको सहयोगमा विपन्न वर्गलाई खाद्यान्न , कपडा तथा कोभिड प्रतिकार्य अन्तर्गत प्रदेश सरकार र स्थानीय तह र अस्पतालहरूलाई करोडौँको सामाग्री वितरण गर्दै आइरहेको छ ।