arrow

सर्लाहीबाट इ-पासपोर्ट वितरण शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
e-passport-nepal.jpg

सर्लाही । जिल्ला प्रशासन कार्यालयले इ-पासपोर्ट (विद्युतीय राहदानी) वितरण सेवा थालनी गरेको छ । राहदानी विभाग काठमाडौँबाट पहिलोपटक १५६ सेवाग्राहीको इ-पासपोर्ट छापिएर आएपछि सो सेवा शुरु गरेको प्रमुख अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनका अनुसार तीन सेवाग्राहीलाई इ-पासपोर्ट प्रदान गरी कार्यक्रमको शुरुआत गरिएको हो ।

इ-पासपोर्ट छापिएर आएका अन्य सेवाग्राहीले पनि कार्यालयमा आएर आ-आफ्नो पासपोर्ट लिन सक्ने र आवेदन पेश भएको १५ दिनभित्र सेवाग्राहीलाई इ-पासपोर्ट वितरण उपलब्ध गराइने उनले बताए । 

लामो समयसम्म प्रयोगमा रहेको हस्तलिखित पासपोर्टलाई विस्थापित गरेर एमआरपी लागू गरेको राहदानी विभागले करिब ११ वर्ष पछि इ-पासपोर्ट प्रयोगमा ल्याएको छ । विभागले दिने राहदानीमा विद्युतीय चाप हुने र यसमा सम्बन्धित व्यक्तिका विवरण समाविष्ट हुने कार्यालयले जनाएको छ । 

एमआरपीका तुलनामा इ-पासपोर्ट बढी विश्वसनीय र सुरक्षित हुने जनाइएको छ । जिल्लाबाटै सो सेवा पाइने भएपछि सेवाग्राहीलाई काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । साथै धेरै समय पर्खिनुपर्ने बाध्यता पनि हटेको छ ।रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ