arrow

दाउराको धुवाँबाट मुक्त भए तिर्प गाउँका गृहिणी

logo
नृपेन्द्रबहादुर मल्ल,
प्रकाशित २०७८ फागुन ९ सोमबार
mugu-gas.JPG

मुगु । जिल्लाको विकट गाउँका प्रत्येक घरधुरीलाई स्थानीय सरकारले खाना पकाउने ग्याँस र चुलो दिएपछि यहाँका महिलाहरू दाउरा कै लागी दिनभर वन जङ्गल धाउन र धुवा युक्त चुलो प्रयोगबाट मुक्त भएका छन् । छायाँनाथ रारा नगरपालिका अन्तरगत गरिबसँग नगर प्रमुख कार्यक्रमबाट नगरपालिकाले आइतबार एक औपचारिक कार्यक्रम गरी तिर्प गाउँका ७६ घरपरिवारलाई ग्यास चुलो वितरण गरेपछि यहाँका स्थानीयहरू दाउरा खोज्ने झन्झट र धुवाबाट स्वास्थ्यमा पर्ने असरबाट मुक्त भएका हुन । 

छायाँनाथ रारा नगरपालिका वडा नं १३ मा रहेको यो गाउँका स्थानीयहरूलाई नजिकै वन नहुँदा ३,४ घण्टा हिँडेर दाउरा खोज्न जानु पर्ने बाध्यता रहेको र गाउँले हरूको अधिकांश समय दाउरा खोज्न मै बित्ने भएकाले दाउरा खोज्न लाग्ने समय अन्य आर्थिक उर्पाजनको काममा वि तोस र भान्सामा बस्ने महिलाहरूको स्वास्थ्यमा सुधार होस भनेर नगरपालिकाले खाना पकाउने ग्यास र चुलो सबै घरधुरीलाई दिएका नगरप्रमुख हरिजंग शाहीले बताए ।

ग्याँस चुलो खरिदका लागि नगरपालिकाले करिब ७ लाख रुपैयाँ खर्च गरेको जनाइएको छ । अन्न भन्दा दाउराको चिन्ताले सधैँ पिरोलिने तिर्प गाउँका स्थानीयहरू ग्यास र चुलो पाएपछि खुसी भएका छन् । 

‘दाउराको समस्या थियो, दाउराको खोजी गर्दै दिन बित्थ्यो, बालबच्चाको बिचल्ली हुन्थ्यो,’खाना पकाउने,खाने,स्कुल पठाउन,घरायसी अन्य काममा सधैँ बाधा भइरहन्थ्यो अब खाना पकाउने ग्यास र चुलो पाएका छौ यसबाट हामी महिलालाई फाइदा भएको छ तिर्प गाउँकी औशि मल्लले भनिन्, ‘अब दाउरा खोज्न लाग्ने समय बालबच्चाको सरसफाइ ,स्कुल पठाउन,आफ्ना अन्य काममा खर्च गर्न सक्नेछौ । 

आफ्नो वन नभएकाले दाउराका लागि छिमेकीको वनमा जाने गरेका थियौँ,’ अर्की स्थानीय चाउली मल्लले भनिन्, ‘एक भारी दाउरा ल्याउन दुई दिनसम्म लगाउनुपर्ने बाध्यता थियो । 

दाउरा बाल्दा घरपरिवार सबैको स्वास्थ्य तथा सरसफाइ गर्न गाह्रो हुने गरेको थियो,धुवाले गर्दा भाँडाकुँडा,कपडा कालो हुँदा हामी मान्छे जस्ता देखिँदैनथ्यौ, लुगा धुँदा धेरै साबुन खर्च हुन्थ्यो भने काला भाडा धुँदा हामीहरूको हातखुट्टा फाट्थे, धुवाँरहित ग्यास चुलो पाउँदा अब हामी यी दुखबाट मुक्त भएका छौ स्थानीय विस्नु डिले सुनाइन् । 

दुई वर्ष अघि घरदैलो अभियान कार्यक्रम अन्तरगत तिर्प गाउँमा जाँदा त्यस क्षेत्रका नागरिकले आफूहरूको जङ्गल नभएको र दाउराको समस्या प्रमुख भएको सुनाए पछि स्थानीय नागरिकलाई सिंहदरबारको अधिकार गाउँमा आएको अनुभूति दिलाउन र दाउराको खोजी गदै समय बरबाद गर्न नपरोस्,स्वास्थ्य स्थितिमा सुधार आओस् , बालबालिकाको बिचल्ली नहोस् भन्ने उद्देश्यका साथ दाउरा नपाउने तिर्प गाउँका ७६ घर दुरीका स्थानीयलाई एक घर एक ग्यास चुलो वितरण गरी सहयोग गरेको नगर प्रमुख शाहीले बताए । 

उहाँ अनुसार गरिब सँग नगर प्रमुख कार्यक्रम अन्तरगत दाउरा नपाउने तिर्प गाउँका ७६ घरधुरी ग्यास ,चुलो अनुदानमा सहयोग गरेका हो । 
गरिब सँग नगरप्रमुख कार्यक्रम अन्तरगत गाउँ गाउँमा पुगेर नगरबाट सञ्चालित योजना तथा कार्यक्रमको प्रभावकारिताका नागरिकसँगका समस्या बारे जानकारी लिने, योजनाको अनुगमन गर्ने, स्थानीयका गुनासा र सुझाव लिने काम गरिरहेको र समस्या समाधान गर्न पनि लागी परेको नगरप्रमुख शाहीको भनाई छ । 

गत वर्ष पनि सोही वडाका दाउरा नपाउने लह र लापु गाउँका ५७ घरधुरीलाई पनि नगरपालिकाले एक घर एक ग्यास र चुलो वितरण गरेको थियो । यहाँ महिना भित्र वडा नं ७ तलीघुईर गाउँका स्थानीयलाई पनि खाना पकाउने ग्याँस र चुलो वितरण गरिने नगरपालिकाले जनाएको छ ।

यसै बिच छायाँनाथ रारा नगरपालिकाले कुटानी पिसानीमा समस्या भोग्दै आएका वडा नं १३ का रुगा र थार्प गाउँका समुदायलार्ई कुटानी पिसानी मिल सहयोग गरेको छ । अन्न पिस्नका लागि घण्टौँ हिँडेर गमघटट् जान बाध्य भएका त्यस वडा क्षेत्रका समुदायलाई सहजको लागी बत्ती र डिजेल दुबै बाट चल्ने कुटानी पिसानी मिल प्रदान गरेको हो । 

अन्न कुटानी पिसानी गर्ने क्रममा हुने शारीरिक श्रमको बोझ घटाउन र समयको बचतका रुगा र थार्पको लागी कुटानी पिसानी मिल सहयोग गरिएको नगर प्रमुख शाहीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ