arrow

इसेवाले फेरि ल्यायो रिफर एण्ड अर्न अफर, नजिकका व्यक्तिलाई रिफर गरी थप आम्दानी गर्न सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ९ सोमबार
esewa-refer-and-earn.jpg

काठमाडौँ। नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले पुनः रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको छ। इसेवाले यस अघि पनि रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको थियो। यस अफर अन्तरगत इसेवा प्रयोगकर्ताले आफ्ना नजिकका साथीहरूलाई इसेवा प्रयोग गर्न आग्रह (रिफर) गरेर आम्दानी गर्न सक्नेछन्।

यस अफर अन्तरगत रिफर गरेको व्यक्तिले इसेवामा रष्जिट्रर गर्दा रु २० आम्दानी गर्न सक्नेछन्। यस्तै इसेवामा न्यूनतम रु सय रकम लोड गर्दा रु ५ र कारोबार गर्दा रु १० सहित रु ३५ आम्दानी गर्न सकिन्छ सकिन्छ। रिवार्ड प्राप्त गर्नको लागि रिफर लिङ्क आएको ७ दिन भित्र सोही लिङ्क क्लिक गरी आग्रह –रिफर स्वीकार गर्नुपर्नेछ।

इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरूमा हुने आर्थिक कारोबारलाई  डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ।

इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाई जहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्।

इसेवामा हाल ५१ वटा बैङ्क तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैङ्कबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैङ्क खातामा रकम पठाउन सकिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ